पाथीभरा गोल्डकप उपाधिका लागि चर्च ब्वाइज र सगरमाथा भिड्ने

ताप्लेजुङ, २९ साउन । दोस्रो पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि चर्च ब्वाइज युनाइटेड काठमाडाँै र सगरमाथा युवा क्लब मोरङबीच प्रतिस्पर्धा हुने भएको छ ।

आज भएको सेमिफाइनल चरणको अन्तिम खेलमा सशस्त्र प्रहरीको टिम दमकलाई २–१ गोल अन्तरले पराजित गर्दै सगरमाथा टिम विजयी भयो । सशस्त्रका लागि नवीन लामा र विनोद केसीले गोल गरेका थिए । सगरमाथाका लागि भुवन बस्नेतले गोल गरेका थिए ।

चर्च ब्वाइज काठमाडाँैले घरेलु टिम नव प्रयास युवा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश ग¥यो । उपाधिका लागि चर्च ब्वाइज र सगरमाथाबीच सोमबार खेल हुने आयोजकले जनाएको छ ।

लाखे जात्राका अवसरमा जिल्ला फुटबल सङ्घको प्राविधिक सहयोग तथा लाखेजात्रा खेल सञ्चालन समितिको आयोजनामा गत साउन २२ गतेबाट प्रतियोगिता सञ्चालन भएको हो । प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । विजेताले ट्रफीसहित रु दुई लाख ११ हजार १११ तथा उपविजेताले रु एक लाख ११ हजार १११ प्राप्त गर्नेछ । विसं २०२९ देखि लाखेजात्राका अवसरमा बर्सेनि सो प्रतियोगिता सञ्चालन हुँदै आएको छ ।

Loading...