खारेजी अभियान चुनावसँग मात्र नभर्इ क्रान्तिकाे प्रश्नसँग सम्बन्धित छ

चुनाव खारेजको अभियान कस्तो भइरहेको छ ?
देशैभरी निकै उत्साहका साथ चुुनाव खारेज अभियान चलिरहेको छ । राजनैतिक जागरण, भेटघाट, प्रचारप्रसार, प्रतिरोध चलिरहेको छ । यो विरोधको क्रम वैशाख ३० र जेष्ठ ३० गते नेपाल बन्दसम्म पुग्दैछ । चुनाव जनयुद्ध र क्रान्तिको भावना विपरित भएकोले जनता पनि यो चुनावको विरुद्धमा छन् र हुनुपर्छ । अभियान विरुद्ध राज्यले मनपरि दमन गरिरहेको छ । तर अभियानमा खटिरहनु भएका नेता र कार्यकर्तामा त्यसको कुनै प्रवाह छैन । आफ्नो जिम्मेवारी पूरा गर्न दिनरात खटिरहनु भएको छ ।

तपाइँका सयौँ नेता–कार्यकर्ता गिरफ्तार भएका छन् त्यसको प्रतिरोध गर्ने भन्नु भएको थियो, त्यो प्रतिरोध कस्तो हुन्छ ?
प्रतिरोधको विषय चुनावसँग मात्र सम्बन्धित छैन । यो खारेज अभियान पनि चुनाव हँुदासम्म मात्र होइन । यो दुई सत्ताको प्रतिस्पर्धा र संघर्षसँग जोडिएको विषय हो । प्रतिरोध आज भइरहेको छ । चुनाव हुँदासम्म हुन्छ । चुनाव सकिएपछि पनि दलाल पुँजिवादी संसदीय व्यवस्थालाई मिल्काउन प्रतिरोध चलिरहने छ । जहाँसम्म हाम्रा कार्यकर्तालाई गरिएको दमन छ यसको विश्लेषण र अनुसन्धान पछि जुनसुकै पनि प्रतिरोध हुन सक्छ ।
हेर्नुस् न, कम्युनिस्ट पार्टीको कार्यकर्ता देख्ने वित्तिकै गिरफ्तार गर्ने प्रचार गरिएको छ र गिरफ्तार पनि गरिएको छ । राती घरमा सुतिरहेका कमरेडहरुलाई लछार–पछार पार्दै गिरफ्तार गरिएको छ । यातना दिइएको छ । झुट्टा मुद्दा लगाउने र ठूलो–ठूलो धरौटी मागिरहेको छ । जेलमा सडाइ रहेको छ । यसो भयो भने त्यसरी सताउने व्यक्तिहरु पनि जनताको विरोधी तत्वहरु नै हुन् । जनताले प्रतिरोध गर्नुपर्छ ।

सरकारले तपाइँका कार्यकर्तालाई देख्नासाथ समात्ने भनेको छ, यसमा तपाइँको प्रतिक्रिया के छ ?
दलालहरुले आफ्नो भ्रष्टाचार र लुट कायम राख्न दिएका आदेशलाई इमान्दार प्रहरी अधिकरी र सदस्यले अस्वीकार गर्नुपर्छ । यी तत्वको पछि लाग्दा जनता र प्रहरीले दुःख पाएको अनुभव छ, भने फेरि पनि पाउने हुन्छ । अस्ति कालिकोटमा दलालहरुको कुरा मान्दा के भयो, जनताले वुद्धि नपु¥याएको भए के हुन्थ्यो ? कमजोर छन् कि भनेर जथाभावि प्रहरी प्रशासनले दमन गर्दा स्थिति जटिल बन्छ । यसमा सबैको ध्यान पुग्नुपर्छ ।

गिरफ्तार परेका नेता कार्यकर्ताबारे के भन्नु हुन्छ ?
हालसम्म केन्द्रीय सदस्य एवं जनकपुर व्युरो इञ्चार्ज कमरेड सन्देश पौंडेल, वैकल्पिक केन्द्रीय सदस्य कमरेड नारायण महर्जन, बर्दिया इञ्चार्ज कमरेड देवकला, दोलखा इञ्चार्ज कमरेड अर्जुन योगी, रुकुम सेक्रेटरी चन्द्र वुढा, कास्की सेक्रेटरी कमरेड जगन लगायत १५० भन्दा वढि कमरेडलाई गिरफतार गरेको छ । कमरेडहरुले कुनै वम हानेका होइनन्, गोलीवारीमा गएका होइनन्, पोष्टर टाँस्दा, वालिङ गर्दा समात्तिनु भएको छ । यस्तो त पञ्चायतमा पनि हँुदैनथ्यो । यो उनीहरुले हल्ला गर्ने राजनैतिक स्वतन्त्रताको विरुद्ध छ । यसलाई मानव अधिकारवादीहरुले समेत विरोध गरिसकेका छन् । राज्यले गिरफ्तार गरेर हामीलाई तर्साउन र जनतालाई आतंकित पार्न खोजेको छ । तर कुनै पनि कमरेडहरु संघर्षबाट रत्तिभर विचलित हुनु भएको छैन । जेल, हिरासत पनि संघर्ष कै मोर्चा भएकोले त्यहीबाट कमरेडहरु लडिरहनु भएको छ र लडिरहनु पर्छ । क्रान्तिको प्रकृयामा यो हुन्छ भन्ने हामीले बुझेकै विषय हो । हामीले कमरेडहरुलाई छुटाउने छौं ।

चुनावी गठबन्धनमा राप्रपा र एमाले, माओवादी केन्द्र र काँग्रेसको गठबन्धनलाई कसरी लिनु भएको छ ?
काग्रेस, माओवादी केन्द्र, राप्रपाको कमारो सरकार इतिहास कै ‘अपवित्र’ गठजोड हो । माकेले कांग्रेसलाई प्रमुख दुश्मन मान्छ, राप्रपालाई प्रतिगामी मान्छ तर उसैको नेतृत्वमा सबैलाई देश लुट्ने कार्यमा साझेदारी बनाउँछ र हामीमाथि दमन गर्छ । केही जिल्लामा त हाम्रा कमरेडलार्ई जेल हाल्नु पर्छ, छोड्नु हुँदैन भन्ने नै माकेका मान्छे छन् भन्ने सुुनिन्छ । यो त माके कै कार्यकर्तालाई पचाउन र मान्न कठिन भएको छ । जहाँसम्म हाम्रो बुझाईको कुरा छ माके यो ठाउँमा पुग्छ भन्ने लागेरै विद्रोह गरिएको हो । हामीले सोचे भन्दा छिटो उनीहरु पतन भए । बाबुरामले कम्युनिस्ट पार्टी नै छोडिसके । प्रचण्डले पनि विचारमा छोडिसके तर नाम माके राखेका छन् । अब त जनताले पनि उनीहरुलाई बुझिसके भन्ने लाग्छ । हामीले विश्वास गरेका छौँ क्रान्ति अगाडि बढाउन निकै सहज हुने छ ।

चुनाव खारेजको अभियानलाई क्रान्तिसँग जोड्ने भन्नुभएको छ । के भन्न खोज्नुभएको हो ?
मैले माथि पनि भनें हाम्रो चुनाव खारेज अभियान यो केवल चुनावसँग मात्र सम्बन्धित छैन । यसको सम्बन्ध दलाल पुँजिवादी संसदीय व्यवस्थालाई अन्त्य गर्ने र वैज्ञानिक समाजवादी राज्य व्यवस्था स्थापना गर्ने प्रकृयासँग सम्बन्धित छ । यो चुनावको खारेजी त हो नै साथसाथै क्रान्तिकै एक अंश हो । हामी चुनाव खारेज मात्र गर्ने छैनौं कि जनताको सत्ता निर्माण पनि गर्नेछौं । जनताको चुनाव पनि गर्ने छौं ।

वैशाख २४ गते अन्य पार्टीबाट नेकपामा ध्रुविविकृत हुनु भयो यसलाई कसरी लिनु भएको छ ?
एकदमै राम्रो विषय उठाउनु भयो । हामीले ऐतिहासिक आठौं महाधिवेशनबाट सबै क्रान्तिकारीहरुलाई धु्रविकरण गर्ने निर्णय ग¥यौं साथै क्रान्तिकारीहरुलाई आग्रह पनि ग¥यौं । यति संघर्षको चापमा पनि यो पटकको ध्रुविकरण निकै राम्रो भयो । माकेबाट पीविएम कमरेड अटल, सीसीएम कमरेड प्रताप, माके लेखक संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष यज्ञबहादुर डाँगी, माक्र्सवादीका पीविएम कमरेड रोजन रखाल र नन्दलाल खरेल, नयाँ शक्तिका सीसीएम कमरेड आमोद, क्रान्तिकारी माओवादीका कमरेड खम्बु चन्दलगायत सयौं कमरेडहरुसंग धु्रविकृत भयौं । यसले क्रान्तिकारीलाई निकै उत्साहित बनाएको छ । यो क्रम अझै उचाइमा पुग्नेछ । समय क्रममा तपाइँहरुले देखि हाल्नु हुनेछ । धु्रविकरणबारे हामी अझै गम्भीर हुनुपर्छ । माकेभित्र र अन्यत्र रहेका क्रान्तिकारी कमरेडहरुले ढिला नगरी सोचविचार गर्नुपर्छ । हामी एक भयौं भने क्रान्तिको संभावना धेरै राम्रो छ ।
(नेकपाका महासचिव विप्लवसँग रातोखबरका निर्देशक अनिल शर्माले गरेकाे कुराकानीका अंशहरु)

Loading...