कुपोषणमुक्त गाउँपालिका घोषणा गर्न प्रतिबद्धतापत्र जारी

पाँचथर, २८ साउन । आगामी पाँच वर्षभित्र पाँचथरको याङबरक गाउँपालिकालाई पूर्ण पोषित गाउँपालिका अर्थात कुपोषणमुक्त गाउँपालिका घोषणा गरिने भएको छ ।

यस गाउँपालिकालाई पूर्ण पोषित गाउँपालिका बनाउन निर्वाचित जनप्रतिनिधिले शुक्रबार १० बँुदे प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका छन् । बहुक्षेत्रीय पोषणयोजना अन्तर्गत बहुक्षेत्रीय प्रयासबाट यस गाउँपालिकालाई पोषित गाउँपालिका घोषणा गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालय पाँचथरका बहुक्षेत्रीय पोषण कार्यक्रमका फोकलपर्सन ओमप्रकाश यादवले जानकारी दिए ।

प्रतिबद्धतापत्रमा बहुक्षेत्रीय पोषण योजनाले परिलक्षित गरेका सूचक प्राप्त गर्न योगदान पु¥याउने, गाउँपालिकाको सबै वडामा बहुक्षेत्रीय पोषण योजना विस्तार आगामी पाँच वर्षभित्र पूरा गर्न संस्थागत र मानव स्रोतको क्षमता सुदृढ गर्ने, गर्भवती तथा सुत्केरी आमालाई कार्यविधि बनाइ पोषण भत्ता प्रदान गर्ने रहेका छन् ।

यस्तै सबै बालबालिकालाई अनिवार्य रुपमा विद्यालय जाने वातावरण सिर्जना गरी गुणस्तरीय शिक्षाको व्यवस्था गर्ने, सबै स्तरमा बहुक्षेत्रीय पोषण योजना तर्जुमा गरी त्यसको प्रभावकारी कार्यान्वयन तथा अनुगमन, सुशासन र पारदर्शिताको सुनिश्चततासमेत गर्नेलगायत १० बुँदे प्रतिबद्धतापत्र जारी गरिएको हो ।

प्रतिबद्धतामा गाउँपालिका अध्यक्ष लेखनाथ घिमिरे, उपाध्यक्ष ताराकुमारी योङहाङ, ६ वटा वडाका वडा अध्यक्ष, तथा कार्यकारी अधिकृत डम्बरबहादुर आङदेम्बेले हस्ताक्षर गरेका छन् ।

Loading...