चितवन समाज जापानको केन्द्रीय अधिवेशन टोकियोमा हुदै

सन्तोष चोखाल । चितवन समाज जापानको केन्द्रीय अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ ।

समाजको केन्द्रीय अधिवेशन आऊदो अगस्त १२ तारीख शनिवार हुने भएको छ । दिनको ठीक १२ बजे सुरु हुने केन्द्रीय अधिवेशन टोकियोको सिनोकुबोमा रहेको नमस्ते गीत गजलको सभाहलमा भव्य र सभ्य रूपमा सम्पन्न हुने अधिवेशन संयोजक अर्जुन अधिकारीले जानकारी दिनु भयो ।

केन्द्रीय अधिवेशनमा जापानमा रहेका चितवनवासीहरूको धेरै उपस्थिति रहने आँकलन गरिएको आयोजकले जनाएको छ । अधिवेशनले चितवन समाज जापानको २ वर्षको लागी नया केन्द्रीय कार्यसमिति चयन गर्नेछ ।

साथै वर्तमान कार्यसमितिले २ वर्षको अवधिमा गरेका कामहरु पनि सार्वजनिक गरिने केन्द्रीय अध्यक्ष सरोज कंडेलले बताउनु भयो ।

Loading...