चलचित्रमा पनि जम्दै रामदेव बाबा

काठमाडाैं । भारतका प्रख्यात योग गुरु रामदेव अब बलिउड फिल्ममा पनि देखिने भएका छन्।

पतन्जली ब्राण्डबाट व्यवसायमा प्रवेश गरेका रामदेव फिल्म ‘ए हे इन्डिया’मा देखिन लागेका हुन् । लोम हर्षद्वारा निर्देशित फिल्मको एक गीतमा रामदेव देखिने भएका छन्। फिल्मको ‘सैंया सैंया’ बोलको गीतमा उनी देखिन लागेका हुन्।

फिल्म ‘ए हे इन्डिया’ राष्ट्रवादमा आधारित फिल्म हो। फिल्ममा ग्याभी छाहल र दियाना उप्पालको मुख्य अभिनय रहेको छ।

Loading...