विहीबारबाटै पेट्रोलियम पदार्थको विक्री वितरण बन्द गर्ने घोषणा

काठमाडौं । पेट्रोलियम पदार्थको बिक्रीवितरण गर्दै आएका डिलर ब्यवसायीहरुले विहीबारबाटै पेट्रोलियम पदार्थको विक्री वितरण बन्द गर्ने घोषणा गरेका छन् । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी विहीबारबाटै पेट्रोलियम पदार्थको विक्री वितरण बन्द गर्ने घोषणा बताएका हुन् ।

ढुवानीका क्रममा परिमाण क्षती हुदा आर्थिक भार परेको भन्दै विक्री वितरण बन्द गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइयो । आर्थिक भार राज्यले व्यहोर्नुपर्ने उनीहरुको माग छ ।

साउन २९ गते भित्र पनि माग पुरा नभए ३० गतेसम्म सबै मौज्दात इन्धन विक्री गरी ३१ गतेबाट देशैभरका पेट्रोल पम्प बन्द गर्ने एशोसिएसनले घोषणा गरेको छ ।

Loading...