सुनेन सरकारले अस्थायी शिक्षककाे आन्दोलन, निर्धारण गर्यो परीक्षा केन्द्र

भक्तपुर । यस अघि सरेर भाद्र ३ गतेको लागि तोकिएको अस्थायी शिक्षकहरुको परीक्षा यसपटक भने नसर्ने पक्का भएको छ । अस्थायी शिक्षकहरुका लागि खोलिएको विज्ञापनमा परीक्षामा केन्द्र नै तोकिसकिएपछि परीक्षा नसर्ने निश्चित भएको हो ।

परीक्षा हुने नहुने अन्यौलकै बीचमा आइतबार शिक्षक सेवा आयोगले परीक्षा केन्द्र निर्धारण गरेपछि परीक्षा हुने निश्चित भएको छ । अस्थाई शिक्षकहरु आन्दोलनमा रहेकोले परीक्षा हुने नहुने अन्यौलको अवस्थालाई अन्त्य गर्दै आयोगले परीक्षा केन्द्र तोकेर परीक्षा हुने बाताबरण बनाएको हो ।

शिक्षक सेवा अयोगका प्रशासकिय प्रमुख लक्ष्मीराम पौडेलले अब परीक्षा कुनैपनि हालतमा तेकिएकै मितिमा सम्पन्न हुने दावी गरे । परीक्षाको सम्पूर्ण तयारी पुर भएकाले परीक्षा सर्ने सम्भावना नरहेको उनको दाबी छ ।

प्रावि निमावि र माविका लागि छुट्टा छुट्टै परीक्षा लिने गरी देशै भर ९५ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । संघीयता लागू भै सके पनि आयोगले देशको पुरानै संरचना अनुसार केन्द्र निर्धारण गरेको हो ।

जसअनुसार सुदुर पश्चिमाञ्चलमा ७, मध्य पश्चिमाञ्चलमा १३, पश्चिमाञ्चलमा २४, मध्यमाञ्चलमा २१ र पूर्वाञ्चलमा २० परीक्षा केन्द्र निर्धारण गरेको छ ।

परीक्षा केन्द्र थाहा पाउन   www.tsc.gov.np   लग अन गर्नुहोस् ।

Loading...