भरतपुरमा रेणुमाथि चुनौतीका पहाडै पहाड

चितवन, २२ साउन । सबैभन्दा बढी चर्चा र विविध टिप्पणीका बीच रेणु दाहाल भरतपुर महानगरपालिकाकाे मेयरमा निर्वाचित भएकी छन् । नेपाली कांग्रेस र नेकपा (माअाेवादी केन्द्र)का बीच बनेकाे गठबन्धनबाट उम्मेदवार बनेकी रेणुले एमालेका उम्मेदवार देवी ज्ञवालीलार्इ पराजित गर्दै विजयी बनेकी हुन् । 

भरतपुरमा गत बैशाख ३१ गते मतदान भएकाे थियाे । बैशाख ३१ गते मतदान भएकाे भए पनि मतगणनाका क्रममा एउटा वडाकाे मतपत्र गणनास्थलमा रहेका दाहालकै प्रतिनिधिले च्यातेपछि विवाद बढेर मतगणना स्थगित भएकाे थियाे । स्थगित मतगणना फेरि सूचारु गर्ने वा पुन: मतदान गर्ने भन्नेबारे विवाद भएपछि त्याे मुद्दा सर्वाेच्चसम्म पुगेकाे थियाे । संयाेगले याे मुद्दाले दुर्इ जना प्रधानन्यायाधिश पायाे । मुद्दाकाे सुरुवातमा सर्वाेच्च अदालतमा प्रधानन्यायाधिश सुशिला कार्की थिइन भने मुद्दाकाे फैसला हुँदा अर्का प्रधानन्यायाधिश गाेपाल प्रसाद पराजुली अाएका थिए । सुरुका प्रधानन्यायाधिशका पालामा च्यातिएका मतगणनालार्इ वैज्ञानिक परिक्षण गरेर उही मतदानलार्इ जारी राख्नुपर्ने कुरा उठेकाे थियाे । तर पछिल्ला प्रधानन्यायाधिशका पालामा पुन: मतदान हुनुपर्ने कुरा उठ्याे । सर्वाेच्चले पनि पुन मतदानकै लागि अादेश दियाे । साेही अादेश अनुरुप भरतपुर १९ नं वार्डमा साउन २० गते शुक्रबार पुन मतदान भयाे । संयाेगले शुक्रबार भएकाे पुन: मतदानबाट रेणुले अघिल्लाे पटकभन्दा निकै धेरै मत प्राप्त गरिन र उनकाे जितकाे बाटाे अझ बलियाे बन्याे । 

रेणुकाे जितमा १९ नम्बर वडाकाे पुन मतदान मात्र हाेइन, २० नम्बरकाे मतपेटिकाभित्रकाे पनि सुरुमा धेरै शङ्का थियाे । तर, अाज भएकाे मतगणनाबाट यसअघि चिन्ता गरिएजस्ताे २० नम्बरमा पनि देखिएन । २० नम्बरकाे मतदान बैशाख ३१ मै भएकाे थियाे र जुन मतपेटिकाभित्र रेणुकै पक्षमा धेरै बढी मत परेकाे देखियाे । अाजकाे मतगणनाबाट त्याे पुष्टि भयाे । 

रेणुकाे याे जितमा सबैभन्दा ठूलाे जस उनका पिता तथा नेकपा (माअाेवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे कुटनीतिक कलाकाे प्रशंसा भएकाे छ । भरतपुर, त्यस्ताे ठाउँ थियाे जहाँ नेपाली कांग्रेसकाे दह्राे पकड थियाे । कांग्रेस एक्लैले सहजै चुनाव जित्ने ठाउँमा प्रचण्डले कुशलतापूर्वक कांग्रेससँग गठबन्धन गरेर अाफ्नाे पार्टीकाे पक्षमा एक महानगरकाे उम्मेदवार पारे । त्यतिमात्र नभइ त्याे उम्मेदवार अाफ्नै छाेरीलार्इ बनाउन पनि सफल भए । पार्टीभित्र र बाहिरबाट अाएका अनेक अवराेधलार्इ चिर्दै उनले उम्मेदवार मात्र नभर्इ परिणामत: अन्तमा विजेता पनि बनाउन सफल भए । यदि यस महानगरमा रेणु पराजित भएकाे भए माअाेवादी केन्द्र एउटा पनि महानगरमा विजेता हुने थिएन । यसबाट कम्तिमा एक महानगरकाे भए पनि विजेता पार्टी भएकाे इतिहास काेराउन उनी सफल भएका छन् । 

अर्काे कुरा याे निर्वाचनमा कांग्रेस र माअाेवादीकाे गठबन्धन पनि निकै ठूलाे उपलब्धीका रुपमा लिइएकाे छ । प्रचण्ड जुन राजनीतिभित्र अहिले छिरेका छन उनले अाफ्नाे अस्तित्वका लागि भए पनि याे राजनीतिभित्र यही नै गर्नुपर्थ्याे । जनयुद्धकालमा माअाेवादीकाे कट्टर  दुश्मन कांग्रेस थियाे । पूराका पूरा विपरित ध्रुवमा थिए यी दुर्इ पार्टी । जनयुद्धकालमा सबैभन्दा बढी माअाेवादीकाे प्रहार कांग्रेसमाथि नै परेकाे पनि थियाे । शान्तिप्रक्रिया सुरु भएर अाजसम्म नेपालकाे राजनीति अाए पनि जनयुद्ध कालमा भएका घटनाका कारण धेरै कांग्रेसीजन अहिले पनि माअाेवादीलार्इ स्वीकार्न सकेका थिएनन् । ठीक यही भावना कुनै पनि बेला अप्ठेराे परिस्थितिमा विष्फाेट हुनसक्ने स्थिति थियाे । तर, यस चुनावमा प्रचण्डले जवरजस्त पार्टीलार्इ कांग्रेससँगकाे गठबन्धनमा जाेडेर एकातिर सम्भावित नराम्राे पराजयबाट पार्टीलार्इ जाेगाएका छन भने अर्काेतिर याे सहकार्यबाट विगत जनयुद्धका तितामिठा कुराहरु बिर्साउने काम पनि गरेका छन् । विगत चुनावमा यी दुर्इ पार्टी पूराका पूरा दुश्मनकै रुपमा मारामार गर्थे । यस चुनावमा त सँगसँगै काँधमा काँध मिलाएर चुनावमा हाेमिएपछि धेरै कुरा बिर्सिएका छन् । जनयुद्धका कतिपय घाउखाटाहरु पनि यसले बिर्साउने काम गरेकाे छ । यसले शान्तिप्रक्रियालार्इ केही हदसम्म मूर्त गराउन भूमिका खेलेकाे छ । 

चुनाव जति चर्चा र कठिनाइका साथ रेणुले याे चुनाव जितिन त्याेभन्दा निकै कठिनाइ अब हुनेछ । यसमा कुनै विवाद छैन कि यसपटक उनले अाफ्नाे राजनीतिक परिपक्वता, क्षमता वा चतुरताले चुनाव जितेकै हाेइनन् । न त उनले भरतपुरकाे मेयर पदकाे टिकट नै अाफ्नाे याेगदान र क्षमताले पाएकी हुन् । याे सबै उनका पिताकाे देन हाे । प्रचण्डकाे त्याे देन सधै उपलब्ध नहुन पनि सक्छ र उनकाे कुटीलता र चतुरताले सधै काम नगर्न पनि सक्छ । राजनीति सधै एउटै रहन्न पनि । त्यसाे हुँदा रेणुका लागि मेयर पद जित्न भन्दा मेयरकाे भूमिका निभाउन निकै कठिन हुनेछ । मतदानमा कांग्रेसी साथ जसरी पाइन, त्यसैगरी अागामी दिनमा याे महानगरमा कांग्रेसकाे साथ उनलार्इ हुन्छ भन्न सकिन्न । त्यतिमात्र हाेइन, चुनावी यात्रामा जसरी एउटा भावनामा उनकै पार्टीका मानिसहरु सहयाेगमा अाेइरिए समयक्रममा उनका अपेक्षा पूरा नहुँदा त्यसैगरी टिकिराख्छन र बाेकिराख्छन भन्न सकिदैन । केही सयकाे सङ्ख्याकाे मात्र तलमाथि भएकाे अथवा उत्तिकै बराबरी मत ल्याएकाे विपक्षी पार्टीलार्इ उनले परिपक्व राजनीतिक काैशलताका साथ सँगै लान सक्छिन कि सक्दिनन भन्ने प्रश्न पनि सँगै छ । चुनावमा माेडल झै हुने उम्मेदवारहरुकाे वास्तविक अनुहार त काममा देखिन्छ । पार्टी र कार्यकर्ताका काँधमा चढेर चुनावी सभामा भाषण गर्न र चुनावी चर्चा पाउन जति सजिलाे छ, त्यति सजिलाे त्याे पदकाे अाेज गरिमा राख्न र त्यसले अपेक्षा राख्ने भूमिका खेल्न सजिलाे छैन ।महानगर विकसित समाजकाे अवधारणा हाे । नेपाल जस्ताे अविकसित समाजमा याे अवधारणालार्इ मूर्त रुप दिन निकै धेरै काम गर्न जरुरी छ । त्यसले माग गर्ने अपेक्षा भरतपुरमा पूरा हुन्छ या हुन्न भन्ने अागामी दिनमा धेरै काेणबाट अब हेरिनेछ । नेपालमा त झन तीब्र सहरीकरणबाट बच्नु र ग्रामीण जीवनलार्इ सहरीकरणकाे छायामा ल्याउनुपर्ने अावश्यकता दुबै अाैल्याइएकाे छ । जसका लागि निकै धेरै काम गर्नुपर्ने अावश्यकता छ । अराजकताकाे चरमचुलीमा चढेकाे नेपाली राजनीति, राजनीतिक संस्कार र राजनीतिक प्रवृतिका असरहरु पनि पाइला पाइलामा पर्ने निश्चितै छ । जुन कुरा रेणु दाहालका लागि निकै ठूला चुनाैतीका रुपमा रहेका छन् । 

 

याे पनि पढ्नुहाेस्

१. ८ सय मत गन्दा मत अन्तर १५३ मा झर्यो । रेणु निरन्तर उकालोमा देवी ओरालोतिर

२. भरतपुर २० मा रेणुले मतअन्तर ह्वात्तै घटाइन । रेणु करिव जित नजिक

३.  भरतपुर १९ मा कांग्रेसको प्यानलै विजय भएपछि रणु फुरुङ्ग, देवी चिन्तित

४. भरतपुर महानगरमा रेणुले लिइन अग्रता ! देवी ज्ञवालीभन्दा रेणु दाहाल अघि

 

Loading...