भरतपुरमा प्रचण्डपुत्री रेणु दाहाल विजयी

चितवन, २१ साउन । देशभरको स्थानीय निर्वाचनमा सबैभन्दा बढी चर्चामा आएको चितवनको भरतपुर महानगरपालिकामा नेकपा (माओवादी केन्द्र)की रेणु दाहाल जित नजिक पुगेकी छन ।

मतगणनास्थलमा रहेका दलका प्रतिनिधिले दिएको जानकारी अनुसार गणना भइरहेको अन्तिम २० नम्बर वार्डमा खसेको मतमध्ये २८ सय १ मत गणना हुँदा रेणु दाहाल अहिले १ सय ५६ मतले अगाडि पुगेकी छन् । भरतपुर २० जम्मा ३ हजार ३ सय २ मत खसेकाे थियाे । यससँगै रेणु दाहालको मत ४२ हजार ९ सय १३ पुगेको छ । त्यसैगरी नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीको मत ४२ हजार ७ सय ५७ पुगेको छ । तर, निर्वाचन आयोगले यसबारे आधिकारिक जानकारी गराउन बाँकी छ । निर्वाचन आयोगले वडाको मत गणना सकेपछिमात्र आधिकारिक जानकारी दिने गरेको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी छोरी समेत रहेकी दाहालले जित्ने पक्का भएको भन्दै भरतपुरमा अहिले माओवादी केन्द्रका कार्यकर्ताहरु विजय जुलुस निकाल्ने तयारीमा रहेका छन् ।

यसअघि वडा नम्बर १९ को मत गणना गर्नुअघिसम्म एमालेका देवी ज्ञवालीले माओवादी केन्द्रकी रेणु दाहालभन्दा ७ सय ८४ मतले अगाडि थिए । वडा नम्बर १९ को मत गणनाका क्रममा माओवादी केन्द्रका प्रतिनिधिले मत च्यातेपछि लामो समय यहाँको मत गणना रोकिएको थियो । लामो विवादपछि यो मुद्दा सर्वोच्चसम्म पुगेको थियो । सर्वोच्चले वडा नं. १९ मा मात्र पुनः मत गणना गर्ने फैसला दिएपछि शुक्रबार पुन मतगणना भएको हो ।

शुक्रबार भएको मतदानको शुक्रबार रातीदेखि नै मत गणना सुरु भएको थियो । यो मतगणनाबाट रेणु दाहालले मतान्तर ह्वात्तै घटाइन । वडा नम्बर १९ को मतगणनाअघि ७ सय ८४ मतको अन्तर मतगणनापछि २ सय २१ मा आइपुगेको थियो ।

गत जेठ १४ गते मध्यराति १९ नम्बर वडामा मत गणना हुँदा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेका थिए । मतपत्र च्यात्दासम्म १८ सय ९ मत गणना भएको थियो । त्यतिबेला देवीको मत ४० हजार ९८० थियो भने रेणुको ४० हजार १९६ थियो । तर, हिजो शुक्रबार भएको मतदानबाट रेणुले अघिल्लोपटकभन्दा धेरै बढी मत अर्थात देवी ज्ञवालीभन्दा ५ सय ६३ मत बढी पाएको देखिन्छ ।

भरतपुर महानगरपालिकाका २९ वटा वडा मध्ये २८ वटाको परिणाम यसअघि नै घोषणा भइसकेको छ । जसमा १४ वटा वडा एमालेले, ११ वटा कांग्रेसले र ३ वटा माओवादीले जितेका छन् ।

अब गणना हुन बाँकी २० नम्बर वडा पनि नेपाली कांग्रेसको राम्रो पकड रहेको वडा हो । यस वडामा गत बैशाख ३१ गते नै मतदान भएको थियो ।

याे पनि पढ्नुहाेस्

१. ८ सय मत गन्दा मत अन्तर १५३ मा झर्यो । रेणु निरन्तर उकालोमा देवी ओरालोतिर

२. भरतपुर २० मा रेणुले मतअन्तर ह्वात्तै घटाइन । रेणु करिव जित नजिक

३.  भरतपुर १९ मा कांग्रेसको प्यानलै विजय भएपछि रणु फुरुङ्ग, देवी चिन्तित

४. भरतपुर महानगरमा रेणुले लिइन अग्रता ! देवी ज्ञवालीभन्दा रेणु दाहाल अघि

 

Loading...