भरतपुर १९ मा कांग्रेसको प्यानलै विजय भएपछि रणु फुरुङ्ग, देवी चिन्तित

चितवन , २१ साउन । भरतपुर महानगरपालिका वडा नं। १९ को वडा अध्यक्षमा काग्रेसका विजयी कर्णबहादुर गुरुङ्गसहित काग्रेस प्यानलै विजयी भएको छन् ।

सो १९ नं. वडामा वडाध्यक्षसहित सबै नेपाली कांग्रेसका सदस्यहरुले विजयी भएका हुन् । सार्वजनिक गरिएको मत परिमण अनुसारमा गुरुङले १४ सय ७८ मत पाएका छन् गतराति शुरु भएको मतगणना कार्य वडा नम्बर १९ को भने सकिएको हो ।

वडा नं. १९ को मत गणना सक्दा देवी ज्ञवालीको अग्रता २ सय २१ रहेको छ ।

नेकपा (एमाले) का मेयरका उम्मेदवार देवी ज्ञवालीले ४१ हजार ९ सय ४६ र काग्रेस र नेकपा (माओवादी केन्द्र) गठबन्धनकी उम्मेदवार रेणु दाहालले ४१ हजार ७ सय २५ मत प्राप्त गरेकी छिन ।

त्यसैगरी उपमेयरमा कांग्रेसकी पार्वती शाहले ४५ हजार ६ सय २३, एमालेकी दिव्या शर्मा आचार्यले ३८ हजार ६ सय ४ मत प्राप्त गरेका छन् ।

Loading...