डोटीमा खतरानाक जीप दुर्घटना । मृत्यु हुनेको सङ्ख्या ९ पुग्यो

डोटी, २१ साउन । डोटीको कटैगाउँमा भएको जीप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ९ पुगेको छ ।

जिल्लाको बोगटान गाउँपालिका–६ गगुडाको कटैगाउँ नजिकैको भिरालो ठाउँमा उक्त बस दुर्घटना भएको हो । यसअघि गगुडा गाविसको वार्ड नंं ८ मा रहेको उक्त क्षेत्र हाल बोगटान गाउँपालिकाको वार्ड नं. ६ मा पर्दछ । गएराती तीब्र गतिमा रहेको जीप कटैगाउँको भिरालो ठाउँमा पुग्ने बित्तिकै खसेको थियो ।

दुर्घटनामा ज्यान गुमाउने मध्ये ९ जनाको सनाखत भएको छ । साथै ६ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था चिन्ताजनक रहेको डोटी प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा बोगटान गाउँपालिका—१ सिमचौरका ३५ बर्षीय बिष्णु बहादुर मगर, ५५ बर्षीय भिम घर्तिमगर, ५० बर्षीय बुढो घर्ति मगर, ४५ बर्षीय गोरख थापा, ४८ बर्षीय शसीराम बहादुर पुनमगर, ४५ बर्षीय ललीता देबी पुन, ४० बर्षीय टेक बहादुर पुनमगर, ३० बर्षीय चन्द्र बहादुर घर्तिमगर, शिखर नगरपालिका–१, कपल्लेकीका
२८ बर्षीय चालक कृष्ण बहादुर नेगी रहेका छन् । उनीहरु सबैको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जीप सडकबाट करीव चार सय मिटर तल खसेको र मृत्यु हुने सबै घटनास्थलमै भेटिएको बताए । उक्त ठाउँमा बाटो कच्ची रहेको र रातीको समयमा भएका कारण दुर्घटना परेको हुनसक्ने बताइएको छ ।

शैलेश्वरी यातायातको से १ ज ४९१ नं. को जीप राती करीव १० बजे दुर्घटना भएको स्थानीयबासीले जानकारी दिएका छन । उक्त ठाउँमा जिल्ला सदरमुकामबाट करीव पाँच घण्टाको दुरीमा रहेको छ ।

Loading...