जगत बहादुर खड्का ‘ज्याक’ द्धारा एनआरएनए जापानको सदस्य पदमा उम्मेद्धारी घोषणा

टोकियो । कलाकारिता, अभिनय र सञ्चारकर्मीको रुपमा जापानी टेलिभिजन तथा मिडियामा नेपालको पहिचान र नेपाल प्रवद्र्धनको काम गर्दै आएका ज्याक खड्काको नामले परिचित जगत ब. खड्काले एनआरएन जापानको केन्द्रिय सदस्यमा उम्मेद्धारी घोषणा गरेका छन् ।

साधारण परिवारमा जन्मेर विद्यार्थीको रुपमा जापान आएका खड्काले जापानी टेलीभिजनमा मुख्यत नेपाली पर्यटन प्रवद्र्धन तथा अभिनयको काम गर्दै आएका छन् ।

प्रवासमा रहेका नेपालीहरु एकजुट भएर अघि बढ्नुपर्नेमा सानासाना संघसंस्था र दल खोलेर लाग्दा जापानमा रहेका नेपालीबिच जुट भन्दा फुट बढेको भन्दै खड्काले त्यसलाई एकता गराउने काम आफुले एनआरएन मार्फत गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

योग्यता र सिप भएरपनि देशमा रोगगारी पाउन नेताहरुको पाउ पर्नैपर्ने संस्कारका कारण १९ बर्षअघि विदेशीनु परेको बताएका खड्काले स्नाकोत्तरको अध्ययन बिचैमा छाडेर जापान आएका थिए ।

परदेशको भूमिमा आएर अध्ययनसँगै आफ्नो रुचिको अभिनय क्षेत्र मार्फत नेपाल चिनाउने तथा नेपालको कला, संस्कृति एवं पर्यटनलाई सहयोग पुग्नेगरि जापानी टेलिभिजनमा निरन्तर अभिनय गर्दै आएका खड्का जापानमा पछिल्लो समय सञ्चारकर्मीका रुपमा समेत परिचित छन् ।

आफुले गर्न सक्ने र जापानमा रहेका नेपालीहरुको लागि गर्नैपर्ने कामलाई आफुले एनआरएन केन्द्रिय सदस्य उम्मेद्धारी प्रतिवद्धतामा समेटेको बताउँदै खड्काले भने जापानमा आएका हरेक नेपालीको पहिलो समस्या र आवश्यकता रोगजारी हो त्यसैले उनिहरुको लागि एनआरएनले एक नेपाली एक रोजगारी अभियान चलाएर सहयोग गर्नुपर्छ र यसमा म सघाउनेछु ।

एनआरएनका कतिपय विषयहरु पारदर्शी नभएको तथा आम नेपाली तथा सदस्यता लिएकाहरुले समेत जानकारी पाउन नसकेको गुनासाहरु आइरहेको भन्दै ज्याक खड्का भन्छन् सबैको लागि काम गर्न पारदर्शी हुनैपर्छ म सदस्य भएपछि सबैकुरा पारदर्शी गराउनेछु ।

नीतिगत सुधारबिना एनआरएनले फड्को मान नसक्ने भन्दै खड्काले भने सुनिने र देखीने संस्थाको रुपमा मात्र होइन अब अनुभूत हुने संस्था एनआरन बनाउन नीतिगत रुपमै पहल गर्नेछु ।

बाहिर विषय भन्दापनि एनआरएन जापानलाई जापानमै रहेका नेपालीहरुको आर्थिक, सामाजिक, सांस्कृतिक, स्वास्थ्य, शिक्षा, रोजगारी लगायतका विषयका समस्या समाधानमा केन्द्रित गराउने खड्काले प्रतिवद्धता व्यक्त गरेका छन् ।

पाँच बुँदामा आफ्ना सटिक योजना सहित प्रतिवद्धता व्यक्त गरेका ज्याक खड्का भन्छन् एनआरएन जापानलाई आर्थिक रुपमा समेत पारदर्शी बनाउने मेरो प्रतिवद्धता छ ।
आजसम्म कसैको नबिगारेको र कुभलो नचिताएको भन्दै एनआरएन जापानको लागि २०१७ ०१९ केन्द्रिय सदस्यमा उम्मेद्धारी दिएका ज्याक खड्काले भने म कुनै राजनीतिक दल, समुह वा पक्ष र विपक्षमा लागेको छैन र लाग्दिन राम्रो नै हाम्रो भन्ने मेरो स्पष्ट बानी छ त्यसैले जापानवासी सबै नेपालीको साथ दिनुहुनेछ भन्ने विश्वास लिएको छु ।

Loading...