विश्व शान्तिको कामना गर्दै ललितपुरमा नरसिंह जात्रा

काठमाडौँ, १७ साउन । ललितपुरका राजोपाध्याय समुदाय (ब्राम्हण वर्ग)को उपाकर्म गुठीबाट वर्षेनी सञ्चालन हुँदै आएको नरसिंह जात्रा यसपाली साउन २८ गते शनिबारका दिन आयोजना हुने भएको छ ।

नरसिंह जात्रा समारोह समितिले आज ललितपुरमा पत्रकार सम्मेलनको आयोजना गरी हरेक वर्ष भाद्र कृष्ण पञ्चमीको दिन मनाइने जात्रा यसपाली साउन २८ गते मनाउने जानकारी दिएकाे हाे । याे जात्रा यसपटक पनि विभिन्न बाजागाजा, भजन र एेतिहासिक झाँकीसहित उत्सवकै रुपमा मनाउन लागिएको समितिले जानकारी दिएकाे छ । 

पत्रकार सम्मेलनमा बोल्दै संस्कृतिविद एवं शताब्दी पुरुष डा. सत्यमोहन जोशीले यस जात्रालाई राष्ट्रियको साथै अन्तर्राष्ट्रिय जगतमै प्रचार प्रसार गर्नुपर्ने बताए । देशमा लोकतन्त्र गणतन्त्र स्थापित भइसकेको अवस्थामा यस जात्रालाई पनि समयानुकुल संचालन गर्नुपर्नेमा डा. जोशीले जोड दिए । 

समारोह समितिका संयोजक माधवश्याम शर्माले समस्त प्राणी मात्रको सुस्वास्थ्य र विश्व शान्तिको कामना गर्दै मनाइने यो जात्रा हेर्न ललितपुर आउनका लागि सबैलाई आह्वान गरे ।

एेतिहासिक संस्कृतिक धराेहरका रुपमा रहेकाे याे जात्रा अार्थिक समस्याका कारण समस्यामा परेकाे छ । जात्राका लागि ललितपुर महानगरपालिकाबाट सीमित सहयोग बाहेक अन्य कुनै ठाउँबाट सहयाेग नअाएकाे संयाेजक शर्माले बताए । अन्य कुनै आर्थिक श्रोत नभएको हुँदा जात्राको बढी आर्थिक भार पालोवालाले नै बोक्नुपर्ने अवस्था छ । यस प्रकारको समस्याको समाधानको लागि गुठी लागिरहेको गुठीका सचिव र समारोह समितिका प्रवक्ता प्रमोद शर्माले बताए । 

ललितपुरका राजोपाध्याय समुदायमा ज्येष्ठताको आधारमा जात्राकाे अायाेजना गर्ने पालो हस्तान्तरण हुने गर्दछ । साेही अनुसार यो वर्ष ललितपुर तुइलाक्व टोलका घनश्याम शर्माको घरबाट संचालन हुने पालाे परेकाे छ । तुइलाक्वको यही परिवारबाट पाँच पुस्ताले जात्रा सञ्चालन गरिसकेको र यसपाली छैठौं पुस्ताबाट जात्रा सञ्चालन हुन लागेको जानकारी पनि पत्रकार सम्मेलनमा दिइएको थियो ।

साथै बृद्ध पास्नी सम्पन्न भएको र स्नातकोत्तर उत्तीर्णबाट जात्रा सञ्चालन गर्ने प्रथम व्यक्ति पनि यसपालीका पालोवाला माधवश्याम शर्मा नै हुने पनि बताइएको छ । 

Loading...