केलीद्वारा ह्वाइट हाउसको ‘चिफ अफ स्टाफ’का रूपमा शपथ ग्रहण

वासिङ्टन, १६ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिको कार्यालयमा हालै रिक्त भएको ‘चिफ अफ स्टाफ’का रूपमा जोन केलीलाई चयन गरिएको छ । उनले सोमबार एक कार्यक्रमबीच शपथ खाएका छन् ।

राष्ट्रपति ट्रम्पले जनरल केलीलाई हालै शपथ खुवाइएको जानकारी दिँदै ट्वीटमा लेखेका छन, “केलीले चिफ अफ स्टाफका रूपमा असाधारण जिम्मेवारी बहन गर्नेमा म विश्वस्त छु । ”

ट्रम्पले थपेका छन्, “उहाँले मातृभूमिको सुरक्षाका लागि गरेको इमान्दारी प्रदर्शन यदि तपाईले सिमानामा हेर्नुभए पुग्छ । जति जिम्मेवारी उहाँबाट मातृभूमिको सुरक्षाका लागि जति गर्नुभएको प्रशंसनीय छ ।”

गत हप्तामात्र ओबामाकेयर कार्यक्रमलाई औपचारिक रूपमा असफल पार्न लागिपरेका ट्रम्प र रिपब्लिकन पार्टीको प्रयासलाई सफलता दिलाउने प्रयासमा चुकेपछि पूर्व ‘चिफ अफ स्टाफ’ रेन्स प्रेवसलाई राजीनामा दिन दबाब दिएपछि उक्त पद खाली हुन आएको थियो ।

सतसठ्ठी वर्षीय केलीले राष्ट्रपति ट्रम्पको निर्देशन इमान्दारीताका साथ पालना गर्ने विश्वासकासाथ ल्याइएको विभिन्न स्थानीय सञ्चारमाध्यमले प्रतिक्रिया दिएका छन् ।

Loading...