‘एन इभिनिङ इन लखनउ’

२०७० सालको कुरा हो । ५२३९ औं श्रीकृष्ण जन्माष्टमीको दिन । लखनऊको एक साँझ । म धर्मशालाको एउटा कोठामा बसेर पत्रिका पढिरहेको थिएँ । पत्रिकामा एकाग्र भएको मेरो ध्यान तोड्दै बाहिरवाट कुनै नारीको आवाज आयो ।

मैले ढोका खोले । बाहिर एउटी श्यामवर्णा नवयौवना उभिएकी थिइन ।

”अंकलजी मोबाईलका चार्जर होगा ?“ मैले आफ्नो चार्जर उनलाई दिए । तर, त्यो चार्जर उनको मोबाइलमा नलाग्ने भएकोले लिइनन् । उनी गइन । केहीबेरपछि म कोठावाट बाहिर निस्के ।

आकाश मेघाच्छन्न थियो । मन्द मन्द समीरको प्रवाहले वातावरण मनमोहक बनिरहेको थियो । आज जन्माअष्टमी, पानी त पर्छ नै । बाहिर कौंसीमा तिनै युवती र उनको साथी उभिएका थिए । सोचें ‘टाइम पास गरुँ’ ।

कुराकानीको क्रममा उनीहरुले कानपुरबाट घुम्न आएको भनें । आफ्नो नाम पनि बताए । तर, त्यो सबै झूठो रहेछ । जुन कुरा उनीहरु आफैले केहीबेरपछि बताए । जोडी हेर्दा पति पत्नी भन्दा पनि प्रेमी प्रेमिका जस्तो लाग्यो मलाई । मैले भूमिका बाँध्दै राधा कृष्णको प्रेमकथा उप्काएँ ।

अचानक त्यो युवतीले सोधी “अंकलजी आप लिभ इन रिलेशन में विश्सास करते हैं ?” “लिभ इन रिलेशन अर्थात् सहजीवन । मलाई विश्वास भन्दा पनि यो ठीक लाग्दैन । छाडा ख्रिष्टानी सभ्यताले हिन्दु सभ्यता माथि गरेको आक्रमण ठान्दछु म यो ।”

“अचेल प्रेमको परिभाषा नै फेरिएको छ । साइनोको कुनै नियम हुँदैन । दुई जना युवा युवती सहजीवनमा बसेर खुसी हुनुपर्छ । यहाँ कतिजना कति समयको लागि खुसी छन् त्यो हेर्नु पर्छ । माया त्यो हो जहाँ प्रश्न हुन सक्छ तर गुनासो हुँदैन । तर, अचेल माया भन्दा गुनासो नै बढी देखिन्छ । एक अर्काप्रति शङ्का र अविश्वास नै बढी देखिन्छ । आफू पनि कमाउने भएकोले पत्नीमा अहङ्कार बढ्छ । सहजीवनमा बस्दै गएपछि एक अर्काको कमी खोज्न थालिन्छ । यो क्षणिक स्वार्थजडित र यौन आवश्यकता वाहेक केही होइन । त्यसैले यस्ता सम्बन्धहरु टुट्ने गर्छन् । र, मौका पाए युवतीहरुले आफ्नो प्रेमीलाई ब्ल्याकमेल गरेर अंश लिएर छाडीदिन्छन् । महिलाहरुप्रति पश्चिमी प्रभावले हाम्रो कानुन पनि महिलामुखी भएकोले महिलाहरुले यसको फाइदा लिने गर्छन् । र, प्रेमलाई व्यापार बनाउने गर्छन् ।”

“तपाईले भनेको ठीक हो अंकलजी, किन्तु सबै केटीहरु स्वार्थी हुँदैनन् ।” उनले जवाफ दिइन् ।

“अंकलजी भगवान श्रीकृष्ण भी तो सहजीवन में थे ना ?” यसपाली युवकले मलाई प्रश्न गरे ।

“हाँ राधा और कृष्ण का प्यारको मैं सहजीवन का हीं नाम देता हूँ । तर अचेलको जस्तो संगै बस्ने, सुत्ने सहजीवन होइन । प्रेमी प्रेमिका वा पति पत्नीको प्रेममा मर्यादा हुनुपर्छ । उच्छृङ्खलता होइन । खैर, तपाईको प्रश्नमा आउँछु । हेर्नुस स्वास्नीलाई सबै कुरा भनिदैन । तर मन मिल्ने साथीसँग कुनै कुरा लुकाइदैन । कृष्णले राधालाई र राधाले कृष्णलाई कुनै कुरा लुकाउँदैन्थे । तिनीहरु प्रेममा आकण्ठ डुबेका थिए, तर विवाह गरेका थिएनन् । बाह्र वर्षको उमेरमा कृष्णले मथुरा छाडेर द्वारिका जाँदा राधालाई भन्दै नभनी गएका थिए । त्यो रिलेशनशीप त्यहीं खतम भयो र राधा केही कालसम्म कृष्णको वियोगमा छटपटाएर बसिन् । तर, त्यसपछि के भयो कतै उल्लेख छैन । उनले पछि रुक्मिणीलाई हरण गरेर बिहे गरे । सत्यभामा लगायत अरु स्वास्नीहरु पनि उनकै थिए । गोपिनीहरुसँग रसलीलाको प्रसङ्गहरु पनि आउँछ । कृष्णको प्रेम एउटामा मात्र सीमित थिएन ।”

“अंकलजी कृष्ण के साथ हमलोग राधा के हीं नाम लेते हैं, रुक्मिणीका नहीं ?” युवकले फेरि सोध्यो । राधा उनको पहिलो प्रेम थियो । त्यो छोटो थियो तर गहिरो । कृष्णले उनीसँग रसलीला मनाएका थिए । प्रेमका सबै रंगहरु फूलाएका थिए । बाह्र वर्षको उमेरमा उनले तेह्र वर्षीया राधासँग शारीरिक सम्बन्ध राखे वा राखेनन् यो शोधको कुरा हो । तर, अचेल हामी पत्रपत्रिकामा पढ्छौं बाह्र वर्षका केटाहरुले शारीरिक सम्बन्ध राख्ने गरेका छन् । उनले राधासँग गरेका प्रेमलीलाहरुका कारण नै राधासँग उनको नाम जोडिन्छ ।”

“अंकलजी हमलोग भी अभी तक रिलेशनसीप में हैं ।” युवती युवकसँग टाँस्सिदै भनी ।

“अभी तक मतलब ?” मैले सोधें । “मेरी माँ मुझे छोटी उम्र से हीं समझाती आरही है कि लडकों से हमेशा दूर रहना चाहिए । यौन सूचिताको बचाकर रखना चाहिए । यह जिस्म पति की अमानत है । धीरै धीरे मैं जवान होने लगी । स्कूल से कलेज पहूँची, कई लडके मेरे पिछे मँडराने लगे । मुझे एक लडका बहुत पसन्द था । लेकिन माँ की नसीहतें याद कर मन मसोसकर बैठ गयी ।”

“अंकलजी श्रीकृष्ण की चार चार पत्नीयाँ थी । लेकिन उन्होने सोलह हजार राजकुमारीयों को भी साथ रखा । कैसे सबको सन्तुष्ट कर सकते थे ?” केटाले केटीको कुरालाई रोक्दै सोध्यो । प्रागज्योतिषपुर (असमको प्राचीन नाम) को राजा नरकासुरले सोह्र हजार राजकुमारीहरुलाई अपहरण गरेर विहा गर्न थुनेर राखेका थिए । कृष्णले नरकासुरको कैदबाट राजकुमारीहरुलाईृ छुटाएपछि उनीहरुले श्रीकृष्णलाई पति मानेर द्वारिका आए । भागवतमा भनिएको छ, कृष्णले सोह्र हजार कृष्णको रुप लिएर राजकुमारीहरुसँग बिताउँथे । सोह्र हजार रुप लिए लिएनन्, अनुसन्धानको कुरा हो । तर, श्रीकृष्णको प्रेम सबैलाई बराबर हुन्थ्यो, न बेशी न कम । सबैलाई मिलाएर राख्न सक्थे । तर, हामी एउटी स्वास्नीलाई नै मिलाएर राख्न सक्दैनौं, त्यसैले कृष्णसँग हाम्रो तुलना हुन सक्दैन ।”

“अंकलीजी मैं एक बात पुछुँ ?” युवतीले भनिन् ।

“पुछो ।”

“द्रोपदीको कृष्णा क्यों कहा जाता है ?”

“द्रोपदी निकै रुपवती थिइन तर साँवली थिइन, तिमी जस्तै । त्यसैले होला उनलाई कृष्णा भनेको । कृष्णा यानी काली ।” मेरो यो कुरा सुनेर उनी लजाइन् ।

अर्जुनले द्रोपदीलाई विहा गरेर ल्याएपछि युधीष्ठिरले उनलाई देखेर उनको रुपमा मोहित भए । उनलाई आमाको बानी थाहा थियो । जे ल्याए पनि पाँच भाई बाँडेर लिनु, बाँडेर खानु भन्ने गर्थिन । घरमा आउँदा उनी बाहिरबाटै आमालाई के ल्याएका छौं भन्दा आमाले बाँडेर लिनु भनिन् । द्रोपदीको रुपमा मोहित भएर युधिष्ठिरले यो चलाखी गरेका थिए । खैर, द्रोपदीको  पाँच जना बलिष्ठ र वीर पतिहरु हुँदा हुँदै पनि उनलाई कुनै अप्ठ्यारो पर्दा युधिष्ठिरलाई नै सम्झिने गर्थिन् । युधिष्ठिरले पनि द्रोपदीलाई माया गर्थे । द्रोपदीप्रति उनको एउटा आकर्षण थियो, र द्रोपदीको पनि युधिष्ठिरप्रति । उनीहरुबीच एउटा अदृष्य रिलेशनशीप थियो । लिभ इन नभए पनि हृदयको रिलेशनशीप थियो । त्यसैले पनि द्रोपदीलाई कृष्णा भनिन्छ ।

“तिमीले आफ्नो कुरा अधुरो राख्यौ ?” मैले युवतीलाई भनें ।

“पढाई पुरी होने के बाद एक कम्पनी में मुझे नोकरी मिली । और मैं कानपुर आ गई । यह भी सरकारी नोकरी में है । एक हीं मोहल्ले में हम रहते थे । धीरे धीरे हम करीब आ गए और प्यार हो गया । प्यार लभ इन रिेलेशनशीप में बदल गया । लेकिन मुझे डर था माँ या भाई कभी भी मेरे पास मुझे मिलने आ सकते हैं । इसलिए हमने दो रुम और किचनवाली फ्लैट लिया । एक कमरा और किचन मेरे जिम्मे था, जब भी माँ मेरे पास आती थी तब हम दोनो अलग अलग कमरे में रहते थे, अजनबी बनकर । इसी तरह मैने माँ को अपनी यौन सुचिता का प्रमाण देती आ रही हूँ ।”

“अंकलजी क्या सहजीवन राधाकृष्ण की तरह टूटने पर प्यार मर जाता है ?” केटाले सोध्छ् ।

“अचेलको जमानामा कृष्ण जस्तो कोई बन्न सक्दैनन् न त राधा जस्तो प्रेममा पागल पे्रमिका । तर, हामी प्रेमको उदाहरण दिँदा राधाकृष्ण कै नाम लिन्छौं ।  बाह्र वर्षको उमेरमा कृष्णले राधालाई थाहै नदिई मथुरा छोडेर द्वारिका गएपछि कृष्णले कहिल्यै फर्केर राधाको खोजखबर लिएनन् । के यो माया हो ?”

“अंकलजी अगर हमारे माता पिता ने हमारी सादी उनकी मर्जी से कर दी तो क्या हमारा प्यार टूट जायेया ?” केटाले सोध्छ ।

“तपाईले यिनीभन्दा पहिला कसैसँग प्रेम गर्नुभएको थियो ?” मैले सोध्छु । “किया था । दो से किया था और दोनें से जिस्मानी ताल्लुकात भी रखा था ।”

“अहिले तिनीहरुको सम्झना आउँछ ?” मैले सोधे ।

“जिन्दगी के सफर में किसी मोड पे कोई अजनबी मिल गये । साथसाथ कुछ देरतक चले फिर अपनी अपनी राह पकड ली । पुरानी यादों पर धूल जम गयी ।” उसले भन्यो ।

“त्यो प्रेम थिएन सैक्सुएल अट्रयाक्सन थियो । यदि भोलि तपाईहरुको विछोड भयो भने यो सम्बन्ध पनि केही समयको भावुकता र केही समयको शारीरिक आवश्यकता हो भनेर ठान्नुहुनेछ ।”

“कृष्णले एउटा भन्दा बढीसँग प्रेम गर्थे, हामी गर्न सक्दैनौं अंकलजी ?” केटीले सोधी ।

“कृष्णको प्रेममा मर्यादा थियो र सबैसँग समान व्यवहारको नीति पनि । कृष्णको प्रेम एउटाको लागि सीमित थिएन । सबैको लागि थियो । के हामी त्यस्तो गर्ने आँट गर्न सक्छौं ? खैर यो भन त, तिमीहरुको रिलेशनशीप ब्रेकअप त हुँदै छैन ?”

“सही कहा अंकलजी । आज की शाम हमारी आखिरी शाम है । यहाँ से जाकर मैं अपने घर चली जाउँगी । माँ ने मेरे लिए एनआरआई लडका ढूँढा है । अमेरिका में रहता है, कम्प्युटर इन्जिनीयर है । सादी करीब करीब तय हो गई है । स्काइप में हमारी बातचीत भी होती है । मुझे लड्का पसन्द है । साथ में माँ को भी विश्वास हो जायेगी कि मैं भर्जिन हुँ, उनकी नसीहतको पालन करते हुए मैने भर्जिनिटीको को बरकरार रखा है । केटी हाँस्छे ।”

“और तुम ?” मैले केटालाई सोधें ।

“अंकलजी, मेरे पापा ने मेरी सादी तय कर दी है । लड्की सुन्दर है, पढीलिखी है, अच्छी नोकरी भी करती है । जिस तरह यह अपनी माँ का दिल नहीं तोड सकती उसी तरह मैं भी अपने मम्मी पापा का दिल नहीं तोड सकता । हमें लेकर उनकी भी तो कई अरमान होंगे । उनकी अरमानों की हत्या हमें नहीं करनी चाहिए ।”

“सही कह रहे हो । कभी भी अपने माता पिता का दिल नहीं तोडना चाहिए ।”

“अंकलजी एक बात पुछुँ ?”

“पुछो ।”

“हमारा रिलेशनशीप को क्या नाम दें, प्यार, जजबात या कमर नीचे की भुख ?”

“थोडा सा प्यार, थोडी सी जजबात और कमर नीचे की भुख । ये तीनों का कम्बो है लिभ इन रिलेशन यानी सहजीवन । खैर, श्रीकृष्णको गोविन्द भी कहा जाता है । गोविन्द गानी आनन्द । हात में बाँसुरी होठों में मुस्कान, यह था उनका पहचान । अब बीती बातों को भूलकर ‘गुमनाम’ फिल्म की इस नग्मे की तरह खुस रहो( इस दुनिया में जीना है तो सुनले मेरी बात, गम भूलकर मनाओ रंगरेली… ।”

चिसो हावा चल्छ । केटीको कपाल उड्न थाल्दछ । केटीले आफ्नोे कपाल मिलाउँदै सोधी( “लभ मैरिज वा रिलेशनसीप मैरीज और अरैन्ज मेरीज मे कौन सी टिकाऊ और अच्छी है ?” एउटा बजारको चमक दमक हो अर्को बगैंचाको फूल । बगैंचामा बेला बेलामा झारपात पलाउँछ । बेला बेलामा सफा गरे यसले सँधै मनलाई हर्ने गर्छ । तर, बाजारी रौनक टिकाऊ हुँदैन । बजार उपभोग हो बगैंचा प्रकृति । आकाशवाट थोप्लाथोप्ली पर्न थाल्छ ।

“तुमलोगो का ब्रेकअप भी ऐसे दिन में हो रहा है जिस दिन प्रेम के पुजारी का जन्म हुआ था । आज हीं के दिन भाद कृष्णपक्ष अष्टमी, रोहिणी नक्षत्र और बुधबार, इत्तफाक से आज ये तीनों चीजें मिल रही है । प्रेम पुजारी का जन्म और तुमलोगों की प्रेम की मौत, अजीब इत्तफाक है ना ?” मैले भने ।

कतै माइकबाट महेन्द्र कपुरले गाएको गीत बजिरहेको थियो । ‘चलो फिर से अजनबी बन जाएँ हम दोनों… ।’ manisharma13@yahoo.com

Loading...