धादिङ समाज जापानको विशेष भेला सम्पन्न

टोकियो । धादिङ समाज जापानको टोकियोको सिनओकुवो स्थित, रोधि क्लवमा, एक भव्य भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।

विभिन्न पेशा ,व्यवसाय तथा अध्यायनका शीलशिलामा जापानमा रहेका धादिङेहरु बीच आत्मियता र भाईचारा वृद्दि गराउँने मुख्य उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा,प्रवासमा रहँदा आईपर्ने समस्याहरु र तिनका सामूहिक निराकरण तथा धादिङको विकास प्रवर्द्दनका लागि के गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएको थियो ।

धादिङ समाज जापानका अध्यक्ष कृष्ण प्रसाद खनालको सभापतित्वमा भएको कार्यक्रम मा,एनआरएनए जापानका महासचिव तथा नेपाल पर्यटन बोर्डका जापानका लागि पर्यटन प्रतिनिधि अनुज थापा प्रमुख अतिथि रहेका थिए । त्यसै गरी,धादिङ समाज जापानका संस्थापक अध्यक्ष तथा वर्तमान सल्लाहकार तेज अर्याल,व्यवसायी डि.पी अर्याल र डा होम बहादुर रिजाल विशेष अतिथिका रुपमा रहेका थिए ।यसका साथै संस्थापक महासचिव राजेन्द्र श्रेष्ठ लगायत,भगवती उप्रेती,पदम गुरुङ,केशव अधिकारी,राजकुमार अधिकारी तथा श्याम सितल अतिथि रहेका थिए । संस्थाका महासचिव दिनेश लोहनीले सञ्चालन गरेको कार्यक्रममा,उपाध्यक्ष ,बिनोद खतिवडा र सचिव बिमल श्रेष्ठले,स्वागत मन्तव्य तथा कार्यक्रमबारे प्रकास पारेका थिए ।

कार्यक्रममा,प्रमुख अतिथि अनुज थापाले एनआरएनए र यसको भुमिका,डा होम बहादुर रिजलले जापानमा नेपाली विद्यार्थीहरुको समस्या,अवसर र चुनौती,तेज अर्यालले होटल रेस्टोरेंट व्यवसाय र यसका सम्भावना,डि.पी अर्यालले, जापानमा नेपाली व्यवसाय र चुनौती तथा राजेन्द्र श्रेष्ठले,जापानमा रहेका नेपाली संघ संस्था र धादीङ समाज जापानको भुमिका विषयमा आफ्ना धारणा राखेका थिए ।

Loading...