चीनसँग झडपका दृष्य बढ्नै लाग्दा भारतका अधिकांश क्षेप्यास्त्र परिक्षण असफल

काठमाडौँ, १५ साउन । भारतले आफैले निर्माण गरेका अधिकांश क्षेप्यास्त्र परीक्षण विफल भएका छन् ।

हालै सार्वजनिक गरिएको एउटा प्रतिवेदनले भारतमै निर्मित जमिनबाट आकाशमा मार हान्ने क्षेप्यास्त्रहरु परीक्षणमा विफल भएकाे देखाएकाे हाे । भारत सरकारले तयार पारेकाे उक्त आधिकारिक प्रतिवेदनमा ३० प्रतिशत परीक्षण विफल भएको भनिए पनि अधिकांश क्षेप्यास्त्रहरुले काम नगरेको बताइएको छ ।

क्षेप्यास्त्रहरु परीक्षण विफल भएसँगै भारतीय सुरक्षा अधिकारीका साथै प्रधानमन्त्री नरेन्द्र मोदीलाई तनाव उत्पन्न भएको बताइएकाे छ । यसले लडाइँमा जोखिम निम्त्याउने भन्दै मोदी चिन्तित भएका हुन् । चीन र पाकिस्तानसँग युद्धको तयारी गरिरहेको भारतलाई सैन्य क्षेत्रमा ठूलो धक्का लागेको छ ।

प्रतिवेदनअनुसार २० वटा क्षेप्यास्त्र परीक्षण गरिएकोमा अधिकांश अपेक्षित गतिमा नगएको र केही लक्ष्यसम्म नपुगेको उल्लेख गरेको छ । त्यस्तै, केही क्षेप्यास्त्र प्रहार नै हुन नसकेको बताइएको छ । भारतले गणतन्त्र दिवसको दिन प्रदर्शन गरिएका माध्‍ये दुईओटा क्षेप्यास्त्र परीक्षण गर्दा निश्चित दुरीमा नपुगेरै खसेको बताइएको छ ।

Loading...