चीन र भारतका कुटनीतिज्ञ किन एकाएक लुम्बिनीमा ओइरिए ?

रुपन्देही, १५ साउन । चीन र भारतबीच सीमा विवाद चर्किरहँदा यता नेपालमा भने दुबै देशका कुटनीतिज्ञ एकाएक लुम्बिनीतिर ओइरिन थालेका छन् । गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा दुबै देशका कुटनीतिज्ञहरुदेखि दुबै देशका माथिल्लो ओहोदाका अधिकारीहरुले निरन्तर लुम्बिनी पुग्दै फर्कदै गर्ने गरेका छन् ।

यसैबीच फेरि चीन र भारतका उच्च तहका कुटनीतिज्ञहरु लुम्बिनीमा देखा परेका छन् । चिनिया टोलीका डेपुटी चीफ आर्टब्रो डीयूजी नेतृत्व आठ सदस्यीय प्रतिनिधि मण्डलको टोलीले शुक्रबार मात्र लुम्बिनीको भ्रमण गरेको थियो । उनीहरुले मायादेबी मन्दिरसहित चिनिया बौद्धबिहार लगायतका पर्यटकीयस्थलका अवलोकन गरेको थियो । चिनियाँ टोली रुपन्देही जिल्ला अदालतका सरकारी न्यायधिवक्ता कोषहरि निरौलासँग लुम्बिनीको भ्रमण गरेका थिए ।

त्यसअघि नेपालका लागि भारतीय राजदुत मन्जीत सिंह १० सदस्यीय टोली लिएर लुम्बिनी पुगेका थिए । उनी भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायसहित लुम्बिनी पुगेका हुन् । नेपाल र भारत दुबै देशका राजदुतसहितको टोलीले तीन दिनसम्म लुम्बिनी तथा कपिलवस्तुको तिलौराकोटको एतिहासिक पूरातात्विक स्थलहरुको अवलोकन गरेको छ । सो टोलीले बीपी कोइराला नेपाल भारत फाउण्डेशनको कार्य समितीको बैठक समेत लुम्बिनीस्थित बुद्धमाया होटेलमा सम्पन्न गरेको थियो ।

छुट्टाछुट्टै रुपमा दुबै देशको आगन्तुक कूटनीज्ञ टोलीले कोषको आगन्तुक पुस्तिकामा लुम्बिनीको समग्र बिकासबारे चासो देखाएर लिखित प्रतिबद्धता समेत जनाएको लुम्बिनी विकास कोषको सचिवालयले जनाएको छ ।

Loading...