गोकर्ण भए सौराहा रेस्टुरेन्ट एण्ड बार एशोसिएसनको अध्यक्ष

चितवन, १५ साउन । चितवनको रत्ननगरस्थित रेस्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल (रेवान), चितवनको ११औँ वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशनले गोकर्ण गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

शनिबार साँझ रत्ननगरको सौराहामा भएको अधिवेशनबाट दुई वर्षका लागि १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको नवनिर्वाचित द्वितीय उपाध्यक्ष अर्जुन चौधरीले जानकारी दिए ।

अधिवेशनले प्रथम उपाध्यक्षमा दीपेन्द्र खतिवडा, द्वितीय उपाध्यक्षमा अर्जुन चौधरी, महासचिवमा कृष्ण भट्ट, सचिवमा विनोद लोप्चन, कोषाध्यक्षमा शम्भु माली र सहकोषाध्यक्षमा गायत्री पाठकलाई चयन गरेको छ ।

यस्तै सदस्यहरुमा राजेश तामाङ, इन्द्र चौधरी, वीरबहादुर तामाङ, गोपी बिँडारी, ईश्वरी परियार, सूर्य रिमाल र ध्रुव गिरी चयन भएको उपाध्यक्ष चौधरीले जानकारी दिए ।

नवनिर्वाचित अध्यक्ष गिरीले सौराहाको रेस्टुराँ व्यवसायको विकाससँगै सामाजिक कार्यमा रेवानलाई अगाडि बढाउने प्रतिबद्धता जनाए ।

यहाँ झण्डै ६० वटा रेस्टुराँ रहेका छन् । अधिवेशनले यही वर्ष हुने सौराहा खाना महोत्सवको संयोजकमा कपिल रेग्मीलाई चयन गरेको छ ।

उद्घाटनका क्रममा रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले सौराहाको विकासका लागि सामूहिकरुपमा अघि बढ्नुपर्नेमा जोड दिए ।

रेवानका निवर्तमान अध्यक्ष लालबहादुर भट्ट राजनले नाकाबन्दी, भूकम्प तथा मुग्लिन सडकका कारण पर्यटन आगमनमा असर परेकाले व्यवसायीलाई समस्या परेको उल्लेख गरे ।

Loading...