प्रचण्डलाई आफ्नो पार्टीमा प्रवेश गर्न विप्लवको सुझाब

काठमाडाैं, १३ साउन । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पुष्पकमल दाहाल ‘प्रचण्ड”लाई अाफ्नाे पार्टीमा प्रवेश गर्न सुझाब दिएका छन् । महासचिव विप्लवले प्रचण्डलार्इ नेकपा (माअाेवादी केन्द्र) विघटन गरी नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गर्न सुझाब दिएका हुन् । माअाेवादी केन्द्रका अध्यक्ष रहेका प्रचण्डले अाफ्नाे पार्टीकाे बैठकमा अाफ्नाे पार्टी बन्न नसकेकाे भन्दै विघटन गर्न प्रस्ताव राखेेकाे समाचार बाहिर अाए लगत्तै विप्लवकाे यस्ताे सुझाब अाएकाे हाे ।

प्रचण्डले यसअघि पार्टीकाे केन्द्रीय समिति सचिवालयकाे बैठकमा सबै माअाेवादीहरुका बीचमा एकता गर्ने प्रस्ताव पनि राखेका थिए । जुन विषयलार्इ थुप्रै सञ्चारमाध्यमले प्राथमिकताका साथ समाचार बनाउँदै विप्लवसँग पनि एकता गरिने चर्चा गरिएकाे थियाे । महासचिव विप्लवले दिएकाे याे प्रतिक्रियालार्इ प्रचण्डकाे साेही कुराकाे जवाफका रुपमा अाएकाे बुझिएकाे छ ।

चर्चामा अाएकाे प्रचण्डको उक्त प्रस्तावलाई नेकपाका महासचिव विप्लवले ठाडै खारेज गरेका छन् । माओवादी केन्द्र दक्षिणपन्थी भासमा डुबिसकेकाे स्पष्ट पार्दै विप्लवले त्याे पार्टी विघटन गर्नुपर्ने बताएका छन् । उनले माओवादी केन्द्रभित्र रहेका क्रान्तिकारी नेता–कार्यकर्ताहरुलाई नेकपामा प्रवेश गर्न आह्वान समेत गरेका छन । विप्लवले स्थानीय तहको चुनाव कार्यनीति मात्र नभएर रणनीति भएको बताउँदै देशमा प्रतिक्रान्ति लादिएको बताए ।

महासचिव विप्लवले नेकपा र माओवादी केन्द्रका बीचमा आधारभूत रुपमै भिन्नता रहेकाे प्रष्ट पार्दै एकता र क्रान्तिकाे कुरा अब प्रचण्ड र माअाेवादी केन्द्रले गरेर नसुहाउने पनि बताएका छन् । बरु एकता, ध्रुविकरणकाे कुरा नेकपाले गरिरहेकाे बताउँदै क्रान्तिकारी धारामा र अान्दाेलनमा मात्र त्याे सम्भव हुने प्रष्ट पारे ।

विप्लवले भनेका छन्, “यो चुनाव सामान्य कार्यनीति मात्र होइन, शान्तिप्रक्रिया असफल भएर र प्रतिक्रान्ति लादेको अवस्थाको चुनाव हो । शान्तिप्रक्रिया सहभागी दुईओटा शक्तिहरूमध्ये एउटाले नमानेको अवस्था शान्तिप्रक्रिया भाग्न हुन विश्वभरिको अनुभव छ तर नेपालमा पार्टी्भित्रका आत्मसमर्पणकारी दलाल र पार्टी बाहिर दलालको गठजोडका कारण शान्तिप्रक्रिया असफल भएको छ ।”

शान्तिप्रक्रिया असफल भएको बताउँदै महासचिव विप्लवले अहिले पनि कुनै न कुनै रुपमा जनयुद्ध जारी रहेको दावी गरे । उनले स्थानीय तहको चुनावलाई २०५४ मा जनयुद्धविरुद्धको चुनाव जस्तै भएको बताए । अध्यक्ष प्रचण्डले राखेको सोलोडोलो एकताको पक्षमा आफ्नो पार्टी नरहेको बताउँदै मसहासचिव विप्लवले दक्षिणपन्थी र क्रान्तिकारीबीच ध्रुबिकरण हुनुपर्ने बताए ।

Loading...