झोले विद्यालय चलाउने प्रअ र अध्यक्ष विरुद्ध मुद्दा

सर्लाहीको एक विद्यालयका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । झोले विद्यालय खडा गरी भ्रष्टाचार गरेको अभियोगमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक विरुद्ध आयोगले उक्त मुद्दा दायर गरेको हो । 
सर्लाहीको खैर्वा–मा रहेको सरस्वती प्राथमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष राजेश्वर झा र प्रधानाध्यापक नुनु झाका विरुद्ध खख्तियारले मुद्दा दायर गरेको छ । उनीहरुले २०६७ माघ ९ गतदेखि २०७० असोज २२ गतेसम्म झोले विद्यालयबाट सरकारको रकम निकाल्दै गएका थिए । दुबै जनालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसार हदैसम्मको कारबाहीको माग गरिएको छ । अख्तियारले आज एक विज्ञप्ती जारी गर्दै सोका बारेमा जानकारी गराएको छ । 

त्यसैगरी अख्तियारले बर्दियाका एक शिक्षक विरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेर जागिर खाएको भन्दै बर्दियाको एकप्रिय उच्च माध्यामिक विद्यालयका आशिंक शिक्षक भेजुप्रसाद काफ्लेविरुद्ध सो मुद्दा दायर गरिएको हो । उनले सेवामा प्रवेश गर्दा नक्कली प्रमाणपत्रहरु पेश गरेको बुझिएको छ । काफ्लेले पेस गरेको त्रिभुवन विश्वविद्यालयबाट सन् २०१० मा स्नातकोत्तर तह उत्तीर्ण गरेको भनिएको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ । 

Loading...