एसएलसी पुरक परीक्षाको नतिजा सार्वजनिक

६५ दशमलव २१ प्रतिशत विद्यार्थी उत्तिर्ण

एसएलसी पुरक परीक्षामा ६५ दशमलव २१ प्रतिशत परीक्षार्थी उत्तिर्ण भएका छन् । गत साउन २० देखि २७ गतेसम्म सम्पन्न भएको एसएलसी पुरक परीक्षाको नतिजा प्रकाशित गर्दै परीक्षा नियन्त्रण कार्यालय बल्खुले उक्त जानकारी दिएको हो । 

परीक्षा नियन्त्रक बिष्णुबहादुर द्वारेले पुरक परीक्षामा जम्मा १ लाख २० हजार ३ सय १७ जना परीक्षार्थी सहभागी भएको र त्यसमध्ये ७८ हजार ४ सय ५३ जना उत्तिर्ण भएको जानकारी दिए ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले प्रकाशन गरेको पुरक परीक्षाको नतिजा अनुसार प्रथम श्रेणीमा २ हजार १ जना उत्तिर्ण भएका छन् । त्यसैगरी दोश्रो श्रेणीमा ५८ हजार ८६ जना र पास श्रेणीमा १७ हजार तीन सय ६६ जना परीक्षार्थी उत्तिर्ण भएका छन् । 

त्यस्तै यसपटक उत्तिर्ण हुने छात्राको संख्या ४१ हजार ६ सय २२ छ भने छात्रको संख्या ३६ हजार ८ सय ३१ जना रहेको छ । कूल परीक्षार्थी संख्याको ६७ दशमलव ०४ प्रतिशत छात्रा र ६३ दशमलव ६६ प्रतिशत छात्र उत्तिर्ण भएका हुन् ।

पुरक परीक्षामा ६५ हजार ३ सय ७८ जना छात्रा र ५४ हजार ९ सय ३९ जना छात्र सहभागी भएका थिए ।

 

एसएलसी पुरक परीक्षाको नतिजा मार्कसिटसहित हेर्न यहाँ क्लिक Click गर्नुहोस्

Loading...