एसएलसी पुरक परीक्षा सुरु

भक्तपुर । गत साल चैतमा भएको एसएलसी परीक्षामा दुई विषयसम्म लागेर अनुत्तीर्ण भएका विद्यार्थीका लागि परीक्षा नियन्त्रण कार्यालयले साउन २० गतेबाट मौका परीक्षा भइरहेको छ । साउन २७ गतेसम्म सकिने परीक्षामा १ लाख २० हजार ५ सय १२ जनाले सहभागिता जनाएका छन् । 

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा सुरु भएको बताएको छ । पनिकाले मौका परीक्षाका लागि देशभर २ सय ३३ वटा केन्द्र तोकेको छ । ती सबै केन्द्रहरु जिल्लाका सदरमुकाममा मात्र रहेको पनिकाले जनाएको छ । 

मौका परीक्षा दिने विद्यार्थीहरुमा सबैभन्दा बढी गणित विषयका परीक्षार्थी छन् । गणित विषयमा अनुत्तीर्ण भइ मौका परीक्षा दिने परीक्षार्थीहरुको सङख्या ६८ हजार २ सय १७ जना रहेका छन् । त्यसैगरी अंग्रेजीमा ३३ हजार ५७ जना परीक्षार्थीले मौका परीक्षा दिइरहेका छन् । 

यसपटक मौका परीक्षा दिने परीक्षार्थीहरुमा सबैभन्दा बढी संख्या झापा जिल्लाबाट छ । झापाबाट ४ हजार ९७ जनाले मौका परीक्षा दिँदैछन् । सबैभन्दा कम परीक्षार्थी मनाङबाट छन् । जहाँ १७ जना विद्यार्थीले मात्र मौका परीक्षा दिनेछन् ।

Loading...