काठमाडाैं विश्वविद्यालयमा पुनः तालाबन्दी

काभ्रे । काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको प्रशासनिक कार्यालयमा पुनः तालाबन्दी गरिएको छ । विद्यार्थीलाई दिँदै आएको छात्रवृति पारदर्शी नभएको भन्दै विद्यार्थीले नै उक्त तालाबन्दी गरेका हुन् । 

छात्रवृतिमा पारदर्शीता हुनुपर्ने, दसैदेखि तिहारसम्मको एक मुष्ट विदा, एसडब्लुसीको चुनाव, खेलकुद सप्ताह आदि समेटेर विश्वविद्यालयले शैक्षिक क्यालेण्डर निर्माण गर्नुपर्ने लगायतका विभिन्न मागहरु राखेर अनेरास्ववियुले यो तालावन्दी गरेको हो । 

अनेरास्ववियुका काठमाडौं विश्वविद्यालय कमिटीले आफ्ना मागहरु पूरा नगरिए थप आन्दोलनका कार्यक्रम पनि घोषणा गर्ने जनाएको छ । अहिलेको तालावन्दी अनिश्चितकालका लागि गरिएको पनि अनेरास्ववियुले जनाएको छ । 

काठमाडौं विश्वविद्यालयमा यस्तै माग राखेर यसअघि पनि नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी लगायतले पटक पटक तालाबन्दी गरिसकेका छन् ।

Loading...