स्नातक प्रथम र पीसीएल दोस्रो वर्षको परीक्षा भदौ ९ गतेदेखि

काठमाडौँ । स्नातक तह प्रथम वर्ष र प्रविणता प्रमाणपत्र तह दोस्रो वर्षको परीक्षा आगामी भदौ ९ गतेदेखि हुने भएको छ । 

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले सार्बजनिक गरेको परीक्षा तालिका २०७१ सालमा सञ्चालन गरिने स्नातक तह प्रथम वर्षमा प्रथम पटक परीक्षा दिने विद्यार्थीको नियमित तथा प्राइभेट अन्तर्गत मानवीकी, कानुन र शिक्षा शास्त्र संकायको परीक्षा अगामी भदौ ९ गते विहान सात बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ । 

त्यस्तै त्रिवि अन्तर्गतको २०७१ सालमा सञ्चालन गरिने ४ वर्षे स्नातक तह प्रथम वर्ष प्रथम पटक परीक्षा दिने विद्यार्थीको पनि परीक्षा आगामी भदौ ९ देखि नै सुरु हुनेछ । उक्त परीक्षा दिउँसो १ बजेदेखि ४ बजेसम्म सञ्चालन हुनेछ । 

यसैगरी प्रबिणता प्रमाणपत्र तह दोस्रो वर्षको परीक्षा पनि आगामी भदौ ९ गतेदेखि दिउँसो १ बजेदेखि ४ बजेसम्म सञ्चालन हुनेछ ।

Loading...