ह्याण्डराइटिङमा नेपालका दुई छात्रा विश्व च्याम्पियन

काठमाण्डौ । नेपालका दुई विद्यार्थी विश्वभरका विद्यार्थीहरुबीच गरिएको एक प्रतियोगितामा सर्वोत्कृष्ट भएका छन् । विश्वका ५७ देशका प्रतियोगीलाई उछिन्दै उनीहरु विश्व प्रथम भएका हुन् । 

विश्व टप हुने दुई विद्यार्थी हुन स्वर्णिमा शाक्य र रक्षा अर्याल । स्वर्णिमा ललितपुरको जेम्स स्कूलमा कक्षा ६ मा अध्ययनरत छन् भने रक्षा होली गार्डेन स्कूलमा कक्षा १०मा अध्ययनरत छिन् । उनीहरु विश्व ह्याण्डराइटिङ प्रतियोगिता २०१४ मा भिन्नाभिन्नै विधामा विश्व च्याम्पियन बनेका हुन् । अमेरिकाको न्यूयोर्कमा मुख्यालय रहेको ‘वर्ल्ड ह्याण्डराइटिङ कन्टेष्ट’को आयोजनामा भएको यो वर्षको प्रतिस्पर्धामा ‘आर्टिष्टिक ह्याण्डराइटिङ’ बिधामा स्वर्णिमा शाक्य र ‘कर्सिप ह्याण्डराइटिङ’ बिधामा रक्षा अर्याल विश्व च्याम्पियन बनेका हुन् ।

उक्त प्रतियोगितामा १५ वर्ष मुनी उमेरका विद्यार्थीहरु सहभागी भएका थिए । ललितपुरको जेम्स स्कूलमा कक्षा ६ मा अध्ययनरत १२ बर्षिया शाक्य यसअघि पनि उक्त प्रतियोगितामा सहभागी भएकी थिइन । उनलले सन् २०१३ मा पनि ‘कर्सिप ह्याण्डराइटिङ’ शीर्षकमा दोस्रो पुरस्कार पाएकी थिइन् ।

यो वर्ष ‘कर्सिप ह्याण्डराइटिङ’मा विश्व च्याम्पियन बन्ने रक्षा होलि गार्डेन स्कूलमा कक्षा १० मा अध्ययनरत छिन् ।

प्रतियोगिताको पहिलो चरणमा नेपालभित्रै ६ सय विद्यार्थीवीच प्रतिस्पर्धा भएको थियो । त्यसमध्ये १ सय प्रतिस्पर्धीको ह्याण्डराइटिङ विश्व प्रतिस्पर्धाका लागि न्यूयोर्क पठाइएको थियो ।

Loading...