दलित विद्यार्थीहरु सम्मानित

काठमाडौं । नेपाल राष्ट्रिय दलित मुतिm मोर्चाको काठमाडौ जिल्लाले काठमाडौंका बिभिन्न विद्यालयबाट एसएलसीमा उतीर्ण दलित समुदायका विद्यार्थीहरुलाई सम्मान गरेको छ ।
अनामनगरस्थित संवाद डवलीमा आयोजित सम्मान कार्यक्रममा सम्मान पाउने विद्यार्थीहरुले यस्ता कार्यक्रमले विद्यार्थीको मनोबल बढाउने र भविष्यमा आफ्नो समुदायबारे काम गर्न हौसला बढ्ने बताएका छन् । 
मोर्चाले करिब तीन दर्जन विद्यार्थीलाई सम्मान गरेको छ । कार्यक्रममा नेपाल राष्ट्रिय दलित मुतिm मोर्चाका अध्यक्ष तिलक परियारले प्रमाण पत्र वितरण गर्दै भने, ‘अहिलेको आइरन गेट पार गर्ने विद्यार्थी भाइबहिनीले भावी पुस्ताको लागि काम गर्ने गरी सोच्नु जरुरी छ ।’ उनले नेपालमा राज्यले जानीबुझीकन वर्ग विभेदी शिक्षा नीति अख्तियार गरेको बताए । उनले भने, ‘यसैले हामी यस्तो असमान शिक्षा नीति सच्याउन निरन्तर आन्दोलनमा पनि छौ ।’ नेता परियारले सम्मानित विद्यार्थीहरुलाई भविष्यमा आत्मनिर्भर काममा क्रियाशील हुन र पढाईलाई निरन्तरता दिन सुझाव दिए । ‘तर एनजिओतिर नलाग्नुहोस्’ उनले अगाडि भने, ‘यस कार्यले परनिर्भर मात्र बनाउँदैन, आफ्नै खुट्टामा बन्चरो हान्ने काम गराउँछ ।’ 

सोही अवसरमा विभिन्न दलित नेताहरुले पनि एसएलसीमा उतीर्ण विद्यार्थीहरुलाई शुभकामना दिएका थिए । सम्मानित हुने विद्यार्थीहरुमा दोस्रो श्रेणीदेखि ८७ प्रतिसतसम्म अंक ल्याउनेहरु थिए । 

Loading...