५० निजी र २८१ सामुदायिक स्कूलको नतिजा शुन्य

देशभरका ३ सय ३१ विद्यालयले यसपटकको एसएलसी परीक्षामा कुनै पनि विद्यार्थी पास गराउन सकेनन । यसले शैक्षिक तथ्यांक खस्किएको देखिएको छ । यसअघि शिक्षा मन्त्रालयले दोहोरो अंकमा नतिजा बृद्धि गर्ने बताएको थियो । तर, एसएलसीको नतिजाले उक्त घोषणालाई चुनौती दिएको छ । 
 
यसपटकको एसएलसी परीक्षामा ९ हजार १ सय ८७ विद्यालयका विद्यार्थी सहभागी भएका थिए । त्यसमा ६ हजार ४५ सामुदायिक र ३ हजार १ सय ४२ संस्थागत विद्यालय रहेका थिए । त्यसमध्ये ३ सय ३१ को नतिजा शुन्य भएको हो । 
 
एसएलसी नतिजा शुन्य हुनेमा संस्थागत र सामुदायिक दुबै विद्यालयहरु छन । परीक्षा नियन्त्रण कार्यालका परीक्षा नियन्त्रक बिष्णुबहादुर द्वारेका अनुसार ५० संस्थागत विद्यालयको नतिजा शून्य छ । त्यस्तै २ सय ८१ सामुदायिक विद्यालयको नतिजा शून्य रहेको छ । 
 
पनिकाका अनुसार क्षेत्रगत रुपमा सबैभन्दा बढी पूर्वाञ्चलका विद्यालयको नतिजा कमजोर देखिएको छ । पूर्वाञ्चलबाट १ हजार ९ सय १९ सय विद्यालयका विद्यार्थीले परीक्षा दिएकोमा १ सय ३६ विद्यालयको नतिजा शून्य रहेको बताइएको छ । पाँचथरमा सबैभन्दा बढी २३ विद्यालयको नतिजा शून्य देखिएको छ । त्यस्तै ताप्लेजुङमा ११, इलाममा १५ भोजपुर र मोरङमा १२, उदयपुरमा १३, सप्तरीमा ११ विद्यालयको नतिजा शुन्य छ ।
 
मध्यमाञ्चलमा ३ हजार २ सय ८५ विद्यालय परीक्षामा सहभागी भएकोमा ५७ विद्यालयको नतिजा शून्य छ ।  पनिकाका अनुसार काठमाडौंमा ५, भक्तपुरमा ४, ललितपुरमा १, सिन्धुलीमा नौ विद्यालय छन् । पश्चिमाञ्चल १ हजार ९ सय ६० विद्यालय सहभागी भएका २५ को नतिजा शून्य छ । मध्यपश्चिमाञ्चलमा १  हजार ९५ विद्यालय सहभागि भएकोमा ३७ विद्यालयले विद्यार्थी उर्तिण गराउन सकेन । बाकेमा मात्रै १० विद्यालय छ । त्यस्तै सुदुरपश्चिमाञ्चलमा ७६ विद्यालयको नतिजा शुन्य छ । पनिकामा अनुसार सदुुरबाट ९ सय २८ विद्यालयका विद्यार्थीले एसएलसी दिएका थिए । नतिजा शून्य हुनेमा बाजुरामा ११, अछाममा १७, डोटीमा १४, बैतडीमा ९, कन्चनपुरमा ८ विद्यालय छ ।
 
Loading...