दुई जिशिअ विरुद्ध अख्तियारको मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई जिल्ला शिक्षा अधिकारीका विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले दुई जिशिअसहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो । आयोगले झोले स्कुलको नाममा बजेट दुरुपयोग गरेको आरोपमा उनीहरुका विरुद्ध मुद्दा दायर गरेको हो । 
 
त्यसैगरी पाठ्यक्रम, छात्रवृत्ति, विद्यालय सुधार तथा मसलन्द शीर्षकको बजेट दुरुपयोगको आरोपमा अख्तियारले कार्यक्रम अधिकृत शम्भुप्रसाद भट्टराई, स्रोत व्यक्ति श्यामकुमार यादव, प्राविका प्रधानाध्यापक मुकेशकुमार यादव, व्यवस्थापन समितिका अध्यक्ष हीरादेवी यादवविरुद्ध पनि मुद्दा दायर गरिएको छ । आयोगले उनीहरुसँग १७ लाख ६७ हजार रुपैयाँ बिगो मागदाबी गरेको हो । विद्यालयको नाममा आर्थिक वर्ष २०६७र६८ देखि बजेट निकासा हुँदै आएको थियो ।
Loading...