पाठ्यपुस्तक अझै पुगेनन् । राजधानीकै विद्यालयमा विद्यार्थी पुस्तक विहीन

पाठ्यपुस्तक छपाईको जिम्मा लिएको जनक शिक्षा सामाग्री केन्द्रको लापरवाहीका कारण देशका अधिकांश क्षेत्रका विद्यार्थीहरुले अझै पनि पाठ्यपुस्तक पाउन सकेका छैनन् । विद्यालयमा पढाई सुरु भएको लामो समय भइसक्दा पनि पाठ्यपुस्तक नपुगेपछि विद्यार्थीहरु आक्रोशित बनेका छन् । दुर्गमको कुरा त परै छ राजधानीकै सरकारी विद्यालयमा काम गर्ने विद्यार्थीहरुले पाठ्यपुस्तक पाउन सकेका छैनन् । राजधानीका अधिकांश विद्यालयका विद्यार्थीहरु पाठ्यपुस्तक विना नै विद्यालयमा अध्ययन गरिरहेका छन् । 

जनक शिक्षा सामग्री केन्द्रले जिल्लामा पाठ्यपुस्तक पठाउन ढिलाइ गरेको र आवश्यक मात्रामा पुस्तक उपलब्ध नगराएका कारण यस्तो समस्या देखिएको हो । 

यसैबीच धादिङका अधिकांश विद्यालयका विद्यार्थीहरुले अहिलेसम्म पाठ्यपुस्तक पाउन नसकेको भेटिएको छ । जिल्लाका दुई सय हाराहारीका विद्यालयले जिल्लामा रहेको पुस्तक बिक्रीस्थलमा रकम बुझाइसकेका छन् । तर, अहिलेसम्म पनि ती पुस्तक पसलमा पुस्तक आउन सकेका छैनन । पढाइ सञ्चालन भएको पनि एक महिना बितिसक्दा पनि पुस्तक नआएपछि विद्यार्थी र अभिभावकहरु आन्दोलन गर्ने सोचमा पुगेको बताउँछन् । 

जिल्लाका लागि ९० हजार थान पाठ्यपुस्तक आवश्यक छ । सबै पुस्तक मागबमोजिम केन्द्रले यही वैशाख २७ गते मात्र उपलब्ध गराउने आश्वासन दिएको व्यवसायीहरु बताउँछन । जिल्लामा पुस्तक व्यवसायीले एकै स्थानबाट पुस्तक उपलब्ध गराउँदै आएका छन् । उता जिल्ला शिक्षा अधिकारी दीपेन्द्र सुवेदीले भने केन्द्रसँग भएको सहमतिअनुसार कक्षा ५ सम्मका सबै पाठ्यपुस्तक जिल्लामा आइसकेको बताउँछन ।

Loading...