फूलमा पनि त बिष हुन्छ होईन र

गजलकार

कोही कोही फूलमा पनि त बिष हुन्छ होईन र ?
मिठो बोली र मुस्कानमा नि रिस हुन्छ होईन र ?

भन्न त तिमीले नि भन्छौ म छु सधै तिम्रो लागि
तर आफ्नाबाटै छुरा रोप्ने कोशिस हुन्छ होईन र ?

हुन त चोकचोकमै छन अहिंसाका पक्षपातीहरू
यहाँ मन्दिरमै बली चढाउने साजिस हुन्छ होईन र ?

सधै ढाँट्ने छल्ने भएर पो मान्छे देउता भएन यार
नत्र मान्छेको हृदयमा पनि त ईश हुन्छ होईन र ?

कोही कोही फूलमा पनि त बिष हुन्छ होईन र ?
मिठो बोली र मुस्कानमा नि रिस हुन्छ होईन र ?

Loading...