पर्वतको मालढुंगामा बस दुर्घटना ७ जनाको मृत्यु

पर्वत, ३ माघ । पर्वतको कुस्मा नगरपालिका वडा नं १ मालढुंगामा बिहीबार बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ । घटनास्थलमा ३ जना र अस्पतालमा उपचारका क्रममा ४ जनाको मृत्यु भएको हो ।

म्याग्दीको बेनीबाट नारायणगढ तर्फ हिडेको ग १ ख ६१०८ नम्बरको बस बिहान सवा ८ बजे दुर्घटना भएको थियो । दुर्घटनामा मृत्यु हुनेमा ५ जनाको सनाखत भएको छ । पर्वतको जलजला गाउँपालिका वडा न८ का एकै परिवारका टिके परियार र उनकी श्रीमती सेती परियार, म्याग्दीको पाखापानीका राजेश पुन र बिषमाया पुन र बाग्लुङ्ग नगरपालिका ४ कुडुलेकी शान्ति केसी रहेकी छन ।

दुर्घटनामा १७ जना गम्भीर घाइते भएका छन । बस सडकबाट तल खस्दा ठुला ठुला ढुंगामा ठोक्किदै तल झरेका कारण गम्भीर घाइते हुनेको संखया बढी भएको प्रहरी नायब उपरिक्षक भुवनेश्वर तिवारीले जानकारी दिनुभयो । भीरबाट खस्दा नदी किनारका ठुला ढुंगामा ठोक्किएर बढी घाइते भएको देखिएको छ । अहिले सम्म ३४ जना घाइते भएका छन । बस सडकबाट कालीगण्डकी किनारमा पुगेको छ ।

गम्भीर घाइते ४ जनालाई हेलिकप्टरबाट थप उपचारका लागि पोखरा पठाइएको छ भने थप घाइतेलाई पठाउनका लागि हेलिकप्टर मगाइएको छ । पोखरा तर्फ २० जना यात्रु पठाइएको छ । अन्य घाइतेहरुको बागलुङ्ग अस्पतालमा उपचार भैरहेको छ ।

Loading...