रअको डिजाइनमा बाबुरामलाई भित्राउँने तयारीमा प्रचण्ड

काठमाडौं । यतिबेला नेकपा माओवादीले यसअघिका निर्णयहरुबाट युटर्न गर्दै नयाँ मागहरु उठाएको छ । साथै संसदीय राजनीतिलाई स्वीकार गर्ने विवादास्पद निर्णय समेत गरेको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी मुख्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन आयोजना गरी नयाँ एजेण्डाको लागि संघर्ष समेत गर्न तयार रहेको घोषणा गरेका छन् । अध्यक्ष प्रचण्डले यसरी मागै नै राखेर आन्दोलनमा समेत जाने घोषणा गरी पत्रकार सम्मेलन गरेको दोस्रो संविधानसभाको निर्वाचनमा पराजय भएपछिको यो पहिलो हो । यसलाई प्रचण्डको युटर्नको रुपमा समेत लिइएको छ । यद्यपि युटर्न क्रान्तिकारीको पक्षमा नभई प्रतिक्रान्तिको रक्षा गर्ने दिशामा भएको अनुमान गरिएको छ ।

प्रचण्डले पहिलो मागको रुपमा प्रत्यक्ष निर्वाचित कार्यकारीको एजेण्डालाई अघि सारेका छन् । उक्त एजेण्डा डा. बाबुराम भट्टराईको मुख्य एजेण्डासँग हुबहु मिल्छ । माओवादी केन्द्र बाबुराम भट्टराईको एजेण्डामा फर्कनुको पछाडि केही समयअघि थाईल्याण्डमा भएको रअका उच्च अधिकारीसँगको वार्ता मुख्य रुपमा जिम्मेवारी रहेको ठह¥याइएको छ ।

केही वर्षदेखि रअको डिजाइनमा परी क्रान्तिकारीहरुका विरुद्धमा लाग्दै आएका प्रचण्ड नेपालको राजनीतिमा जनयुद्धदेखि नै भारतीय पक्षधर भनेर चिनिने डा.बाबुराम भट्टराईलाई दुई वर्ष पुग्नै लाग्दा पार्टीमा फर्काउन तयार भएका हुन् । स्रोतका अनुसार रअको डिजाइनमा नयाँ शक्ति पार्टी र माओवादी केन्द्रलाई पुनः एक बनाइने छ ।

त्यसको लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पेरिसडाँडाबाट यसअघि विभाजन भएका सबै पार्टीसँग एकताको लागि पहल गर्ने घोषणा गरेका थिए । प्रचण्डको यस्तो घोषणा अघि नै नयाँ शक्तिले पार्टी एकताको लागि आन्तरिक रुपमा छलफल सुरु गरिसकेको थियो । जसअनुसार नयाँ शक्तिको केन्द्रीय समिति (परिषद) को बैठक तत्कालै सुरु हुँदैछ । त्यसको लागि नेताहरु काठमाडौं आउने क्रम सुरु भइसकेको छ ।

डिजाइनमा नयाँ शक्ति पार्टीको अभियानमा जुटेका डा. भट्टराई उक्त पार्टीले स्थानीय तहको निर्वाचनमा खासै प्रगति गर्न नसकेपछि पछिल्लो समय तनावमा रहेको बताइन्छ । डा. भट्टराइएको सोही तनाव कम गर्न केही अघि प्रचण्डको विशेष बैठक विशेष टिमसँग देशबाहिर विशेष स्थानमा आयोजना गरिएको र डिजाइन अनुसार अब छिट्टै दुई पार्टी एकता हुने स्रोतले जनाएको छ ।

प्रचण्डमाथि पछिल्लो समय भारतीय डिजाइनमा फस्दै आएको आरोप लाग्दै आएको छ । प्रचण्डले समानान्तर रुपमा पार्टीभित्र दुई वटा हेडक्वाटर सञ्चालन गर्दै आएको र बैधानिक हेडक्वाटर बाहेक वर्षमान पुन अनन्त र बलदेव, प्रभावकरहरुको छुट्टै हेडक्वाटरमार्फत रअले माओवादी केन्द्रभित्र टुटफुट र एकता गराउने काम गर्दै आएको आरोप विभिन्न सञ्चार माध्यमहरुले लगाउँदै आएका छन् । यअसघि स्थानीय निर्वाचन हुनुअघि बैद्यको पार्टीभित्र विभाजन भई बादल सहितको टोली माओवादी केन्द्रमा प्रवेश गरेको थियो ।

उता, प्रचण्डले पार्टी एकताको लागि आह्वान गरेको बिषयलाई बिप्लव नेतृत्वको नेपाल कम्यनिष्ट पार्टीले भने कुनै चासो देखाएको छैन । स्रोतका अनुसार प्रतिक्रान्तिका नाइके प्रचण्डको उक्त प्रस्तावको कुनै औचित्य नभएको र आफूहरु विदेशीको डिजाइन फस्न तयार नरहेकाले प्रचण्डको एकता प्रस्तावमाथि प्रतिक्रिया समेत जनाउन आवश्यक नरहेको नेकपाका एक नेताले जनता जिन्दावादलाई बताए ।

प्रचण्डले डिजाइन बाबुरामलाई पार्टी फर्काउने विदेशी मन्त्रणासँगै बजारमा हल्ला पिटाउन नेकपा सहितका माओवादी क्रान्तिकारीसँग पार्टी एकताको प्रस्ताव गरिएको आरोप लगाउँदै कुनै पनि हालतमा माओवादी केन्द्रसँग पार्टी एकता नहुने ति नेताले बताए ।

एकीकृत जनक्रान्तिको मार्गमा अघि बढेको नेकपाले नेपालमा आफ्नै शैलीमा मौलिक विद्रोहको आधार तयार गर्दै अघि बढिरहेको छ । नेकपाले यसअघिको जनयुद्धमा झै जनसत्ता र जनअदालत ब्यूताएर संघर्षलाई अघि बढाउनुपर्ने सुझाव जनताको तहबाट उठिरहेको छ ।

Loading...