उत्तर कोरियालाई दक्षिणले अब दुश्मन नभन्ने, उत्तर र दक्षिण कोरियाबीच सम्बन्ध नयाँ चरणमा

काठमाडाैं । उत्तर र दक्षिण काेरियाबीच सम्बन्ध नयाँ चरणमा प्रवेश गरेकाे छ । दुर्इ देशका राष्ट्र प्रमुखहरु सम्बन्ध विस्तारका लागि निरन्तर प्रयास गरिरहेका छन् । 

यसैबीच दक्षिण कोरियाले उत्तर कोरियामाथि ‘दुश्मन’ शब्द प्रयोग गर्न छोडेको छ। दक्षिणले द्विवार्षिक रक्षा श्वेतपत्रमा पहिलोपटक उक्त शब्द प्रयोग गर्न छोडेको हो। यसलाई दक्षिणले उत्तरसँग सम्बन्ध सुधार्न खोजेको रूपमा लिइएको छ।

उत्तर कोरियाको परमाणु कार्यक्रममाथि अन्तर्राष्ट्रिय प्रतिबन्ध समाप्त गर्न अमेरिका र उत्तरबीच शिखर सम्मेलनअघि यस्तो कदम चालिएको छ। दक्षिणले मंगलवार सार्वजनिक गरेको रक्षा श्वेतपत्रमा ‘दुश्मन’, ‘प्रमुख दुश्मन’ जस्ता कुनै शब्द लेखिएको छैन।

यस्ता शब्द आरोपले पनि दुई कोरियाबीच शत्रुता बढाउँदै आएको थियो। उत्तरले यस्ता शब्द उल्लेख नगर्दा पनि दक्षिणले यस्ता शब्द उल्लेख गरी द्वेष देखाउने गरेको थियो। दक्षिण कोरियाले सन् १९९५ मा पहिलोपटक उत्तर ‘प्रमुख दुश्मन’को घोषणा गरेको थियो। यसको एक वर्षपछि उत्तरले पनि दक्षिणलाई खरानीमा बदल्ने चेतावनी दिएको थियो।

Loading...