साइबेरियन आगन्तुक जलचरको संख्या आधा घट्यो

काठमाडौ, १ पुस । प्रत्येक वर्ष जाडो मौसममा साइबेरियाबाट नेपालमा आउने चराहरुमध्ये आधाले घटेका छन । एक अध्ययन अनुसार नेपालमा यसअघि आउनेभन्दा आधा संख्यामा जलचर पन्छीहरु घटेको विज्ञहरु बताउँछन ।

काठमाडौँ उपत्यकाको दक्षिणी भेगमा अवस्थित ऐतिहासिक पोखरी टौदह विभिन्न किम्बदन्ती जोडिएको धार्मिक केन्द्र हाे । साथै याे आगन्तुक जलचरको बासस्थान पनि हो । किर्तिपुर नगरपालिका भित्र पर्ने मनोरम याे पोखरी १०७ रोपनी क्षेत्रफलमा फैलिएर रहेको छ । काठमाडौँको जनसंख्या बढेसँगै घरहरुको निर्माणले र सडकमा गुड्ने सवारी साधनका कारण उत्त्तरी साइबेरियाबाट प्रत्येक वर्ष यहाँ आउने आगन्तुक जलचरको संख्या घट्दै गएकाे छ । याे संख्या बर्षैपिच्छे घट्नेक्रममा रहेकाे विज्ञहरु बताउँछन ।

राजधानी नजिकै रहेको प्राकृतिक जलचरको सहज अवलोकन गर्न सकिने यस्ता क्षेत्रमा प्राकृतिक जीव अनुकूलतामा मानव सिर्जित बातावरण बिनासका कारण यसरी आगन्तुक जलचरको संख्यामा ह्रास आएको चराचुरंगी सम्बन्धि अध्ययन, अनुगानन गर्ने संस्था Bird Conservation Nepal का अभियन्ता निरज दाहाल बताउँछन । मुख्य मार्गसँगै रहेको टौदहमा पछिल्लाे समय पोखरीभित्रै कंक्रिट संरचना बनाइएकाे छ । त्यसका साथै बढ्दै गएको ध्वनि प्रदुषणले गर्दा पनि प्राकृतिक बासस्थानमा असर परेकोले यस बर्ष अघिल्लो २ वर्ष भन्दा झन्डै आधाको संख्यामा आगन्तुक जलचर घटेकाे दाहालकाे भनाइ छ । 

पोखरी संरक्षणको जिम्मा तथा रेखदेख गर्दै आएका स्थानीय श्री कर्कोट नागराजा नागरानी बास्थान टौदह समाजका अध्यक्ष जयराम कार्कीका अनुसार बढ्दो सवारी साधन र वरपर निर्मित होटल रिसोर्टबाट निस्किने ध्वनिका कारण जलचरमा कमि आएको हाे । कार्कीले  अर्को वर्षसम्ममा यस्ता कमजाेरीहरुलाई सुधार गर्दै लैजाने बताए । त्यसका लागि उनले किर्तिपुर नगरपालिका लगायतसंगै सहकार्य गर्ने याेजना बनेकाे जानकारी पनि उनले दिए । प्राकृतिक क्षयका कारण पोखरीको पानी पनि आठ फिट भन्दा तल घटेको छ ।

यहाँ झन्डै १२ प्रजातिका आगन्तुक जलचरहरु पाइन्छन । त्यसमध्ये ६० त चरचुरंगी पाइने गरेका छन् । तर यसक्षेत्रमा यो बर्ष जम्मा जम्मी मुस्किलले पाँच प्रजातिका जलचरमात्र देखिएका छन । प्रत्येक वर्ष कार्तिक अन्तिमदेखि साइबेरिया, तिब्बत हुँदै उचित बासस्थानकाे खोजीमा आउने जलचर काठमाडौँ लगायतका जलक्षेत्रमा फागुनको अन्तसम्म बच्चा कोरली पुन: उत्तरतिर उडान भर्दै गन्तब्यमा लाग्ने गर्दछन ।

Loading...