ला लिगामा लियोनल मेसीका ४०० गोल, बन्यो नयाँ कीर्तिमान

काठमाडाैं । स्पेनिस ला लिगामा लियाेनल मेसीले नयाँ कीर्तिमान कायम गरेका छन । मेसीले ला लिगामा आफ्नाे चार सय गोल पूरा गरेका छन्।

आइतबार राती इबरलाई ३-०ले पराजित गर्दा मेसीकाे चार सय गाेल पुगेकाे हाे । ला लिगाको इतिहासकै सर्बाधिक गोल स्कोरर मेस्सीले ४ सय ३५ खेलमा ४०० गोल पूरा गरेका हुन्। ३१ वर्षिय मेस्सी यूरोपका मुख्य पाँच लिगमा चार सय गोल पूरा गर्ने दोस्रो खेलाडी समेत बनेका छन्। यसअघि क्रिस्टियानो रोनाल्डोले ५ सय ७ खेलमा ४ सय ९ गोल गरिसकेका छन्।

मेस्सीले स्पेनमा मात्रै चार सय गोल पूरा गर्दा रोनाल्डोले भने इंग्ल्याण्ड, इटाली र स्पेनमा ती गोलहरु गरेका हुन्। इबरविरुद्धको गोल गर्दै मेस्सीले रोनाल्डो भन्दा ६३ गोलअघि नै चार सय गोल पूरा गरेका हुन्।

ला लिगामा भने रोनाल्डोले रियल मड्रिडबाट २ सय ९२ खेलमा ३११ गोलमात्रै गरेका छन्। ला लिगामा मेस्सीले विभिन्न ३७ टिमकाविरुद्ध गोल गरेका छन्। सेभियाविरुद्ध मेस्सीले २४ खेलमा २५ गोल गरेका छन्।

मेसी ला लिगाका सर्वाधिक गोलकर्ता हुन्। ३१ वर्षीय मेसीले ला लिगामा बार्सिलोनाका लागि चार सय ३५ खेल खेल्दै चार सय गोल गरेका हुन्। मेसी ला लागिमा चार सय गोल पूरा गर्ने पहिलो खेलाडी पनि हुन्। उनी युरोपका चर्चित पाँचवटा लिगमा चार सय वा सोभन्दा बढी गोलको कोशे ढुंगा पार गर्ने दोस्रो खेलाडी पनि बनेका छन्। यी पाँच लिगमा मेसीभन्दा बढी गोल क्रिस्टियोना रोनाल्डोले गरेका छन्।

पोर्चुगिज खेलाडी रोनाल्डोले युरोपका विभिन्न लिगमा पाँच सय सात खेल खेल्दै चार सय नौ गोल गरेका छन्। ३३ वर्षीय रोनाल्डोले इङ्लिस प्रिमियर लिग, स्पेनिस ला लिगा र इटालियन सिरिए खेलेर चार सय नौ गोल गरेका हुन्। रोनाल्डो हाल इटालियन सिरिए क्लब युभेन्ट्सबाट ब्यवसायिक फुटबल खेल्छन्। यद्दपि, मेसीले रोनाल्डोभन्दा ६३ खेल चाँडो चार सय गोल पूरा गरेका हुन्। स्पेनिस ला लिगामा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा मेसीभन्दा पछाडि रोनाल्डो छन्। ला लिगामा रोनाल्डोले रियल म्याड्रिडका लागि दुई सय ९२ खेल खेलेर तीन सय ११ गोल गरेका थिए। सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा तेस्रो स्थानमा रहेका टेल्मो जाराले दुई सय ५१ गोल गरेका छन्।

ला लिगामा मेसीसँग अन्य कीर्तिमान पनि जोडिएका छन्। ला लिगा खेलेका विभिन्न २९ वटा टोलीले हालसम्म गरेको गोलभन्दा मेसीले एक्लैले गरेको गोल बढी हुन्छ। यसैगरी मेसीले ला लिगामा हालसम्म ३७ वटा क्लबविरुद्घ गोल गरेका छन्। ला लिगामा मेसी वाहेक अन्य खेलाडीले यतिधेरै क्लबविरुद्घ गोल गर्न सकेको छैन। मेसीले ला लिगामा सेभिलविरुद्घ सबैभन्दा बढी २४ खेलमा २५ गोल गरेका छन्।

Loading...