सिइओले प्रस्ताव अस्वीकार गरेपछि दैनिक ५ सय एसएमएस पठाएर यस्तो दवाव दिने युवती

काठमाडौं । यो संसार अनेक अनौठा घटनाक्रमको अभिलेख पनि हो । यहाँ बेलाबेला यस्ता घटना हुन्छन् कि, दुनियाँलाई ‘चक्कर’ लाग्न सक्छ । दुनियाँ बाफ् रे ! भन्दै जिब्रो टोक्छन् । मेरी बास्सै भन्दै टाउको समात्छन् ।

एउटा उदेकलाग्दो घटना बाहिर आएको छ अमेरिकाको फ्लोरिडाबाट । यो घटनाकी पात्र हुन् ज्याकलिन एडिस । उनको एक डेटिङ साइटमा भेट भयो छालाको हेरचाह गर्ने कम्पनीका सिइओसँग । मामला यो थियो कि, उनीहरुको डेटमा पुरुषले सम्बन्ध अघि बढाउन चाहेनन् । अर्थात् ज्याकलिनलाई ‘इग्नोर’ महसुस भयो । यसपछि के चाहियो र । ज्याकलिनले दैनिक ५ सय एसएमएस पठाउन थालिन् ती पुरुषलाई ।

करिब १ लाख ३९ हजार एसएमएस गरिन् ज्याकलिनले । एसएमएसका केही नमूना यस्ता थिएः

‘म तिम्रो हत्या गरेर रगतले नुहाउन चाहन्छु ।’ ‘म तिम्रो किड्नी मिश्रित खाना खान चाहन्छु र त्यसका लागि तिम्रो हातको हड्डीको चपस्टिक्स बनाउन चाहन्छु ।’

यति मात्र होइन, ज्याकलिनले ती पुरुषलाई लगातार फलो गरिरहिन् । एकपटक त ज्यालिनले आफ्नो निबासमा पतिको नाम भनेर तिनै डेटमा गएका पुरुषको नाम पनि लेखिन् ।

जम्मा एकपटक डेटमा गएपछि रुची नबढेर बेवास्ता गरेकै कारण १ लाख ३९ हजार एसएमएस र पढ्नै नसकिने सन्देशपछि पीडित पुरुषले प्रहरीमा उजुरी गरे । उजुरीपछि ज्याकलिनलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

Loading...