राष्ट्रसङ्घमा एक लाख हस्ताक्षर बुझाएर सुगौली सन्धिमा गुमेको भू–भाग फिर्ता गर्न माग

काठमाडौँ, २८ पुस । सुगौली सन्धिमा गुमेको भू–भाग फिर्ता गर्नुपर्ने माग गर्दै संयुक्त राष्ट्र संघमा एक लाख हस्ताक्षर बुझाइने भएकाे छ ।  ग्रेटर नेपालका लागि वकालत गर्दै अाएका फणिन्द्र नेपालले याे अभियान सुरु गरेका हुन् । उनले हस्ताक्षर संकलन सुरु गरेकाे घाेषणा गरेका छन् । 

पृथ्वी जयन्तीका दिन सिंहदरबारको पश्चिमढोकास्थित पृथ्वीनारायण शाहको सालिक परिसरबाट शुरु गरिएको अभियान आगामी चैत मसान्तसम्म जारी रहने तथा मुलुकभित्र र बाहिरका स्थानबाट एक लाखभन्दा बढीको हस्ताक्षर सङ्कलन गरिने छ।

मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले सङ्कलित हस्ताक्षर नेपालका राष्ट्रपति, संयुक्त राष्ट्रसङ्घका महासचिव, संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्का पाँच स्थायी सदस्य राष्ट्र चीन, संयुक्त राज्य अमेरिका, रुस, बेलायत र फ्रान्स तथा सार्कका महासचिवलाई बुझाइने जानकारी दिए।

Loading...