जाजरकोटको दल्लीमा खुल्यो एनआईसी एशियाको नयाँ शाखा

एनआईसी एशिया बैंकले जाजरकाेटमा नयाँ शाखा विस्तार गरेकाे छ । जाजरकोटको नलगाड गाउँपालिकाको दल्लीमा एनआइसीले शुक्रबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको हो । 

नलगाड नगरपालिकाका नगर प्रमुख टेकबहादुर रावलले शाखाकाे शुभारम्भ गर्दै एनआइसीको नयाँ शाखाबाट त्यस क्षेत्रका जनताले प्रत्यक्ष रुपमा सुविधा लिन सक्ने बताए।

एनआइसी मुलुकभर २७० शाखा कार्यालयहरु, २८९ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २२ वटा शाखारहित बैंकिङ्ग ईकाईमार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो।

यसको वासलातको आकार २१५ अर्ब भन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब १६९ अर्ब तथा कर्जा १४७ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ।

१४ लाख ग्राहक संख्या रहेको एनअाइसी एसिया बैंकले संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको दावी गरेकाे छ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।

Loading...