बायर्नका मुलर टाउकोमा किक हानेपछि परे प्रतिबन्धमा

काठमाडौं । विपक्षी खेलाडीको टाउकोमा किक हानेका कारण जर्मनीका चर्चित खेलाडी थोमस मुलर प्रतिबन्धमा परेका छन् । जर्मन क्लब बार्यन म्युनिखका फरर्वाड मुलरले च्याम्पियन्स लिग फुटबलमा निकोलास ताग्लिएफिकोको टाउकोमा किक हानेकोपछि निकै विवादमा आए । त्यतिबेला उनलाई रेफ्रीले रातो कार्ड दिएर मैदान बाहिर पठाएका थिए ।

मुलरले अन्तिम १६ का दुवै खेल गुमाउने भएका छन् । बार्यन म्युनिखले च्याम्पियन्स लिगको अन्तिम १६ मा इंग्लिस क्लब लिभरपुलसँग खेल्दैछ ।

च्याम्पियन्स लिग अन्तर्गत उनले अजाक्सका निकोलास ताग्लिएफिकोको टाउकोमा किक हानेपछि रातो कार्ड पाएका मुलरलाई २ खेल गुमाउने गरी युरोपियन प्रतिबन्ध लगाइएको हो । अजाक्ससँगको उक्त खेलमा बार्यन ३–३ को बराबरीमा रोकिएको थियो । उनले च्याम्पियन्स लिगका अन्तिम १६ का दुबै खेल खेल्न पाउने छैन । उनले लिगका १०७ खेल खेलेर ४२ गोल गरेका छन् ।

मुलरले आफूमाथि लगाइएको प्रतिबन्धविरुद्ध अपिल गरेका छन् । बार्यनले अन्तिम १६ पहिलो लेगमा लिभरपुलसँग उसकै मैदानमा आउँदो फेब्रुअरी १९ मा खेल्ने छ । यस्तै दोस्रो लेग मार्च १३ मा बार्यनको मैदानमा हुनेछ ।

उनी अजाक्ससँगको खेलमा रातो कार्ड पाएर मैदानबाट बाहिरिए, उनको खेल जीवनमा यस्तो पहिलोपटक भएको थियो । उनले सामाजिक सञ्जालमा घटना मनसाययुक्त नरहेको बताएका थिए ।

Loading...