रगत दिनेबारे निर्मलाका आमाबुवा बाझिए, यज्ञराजले निर्मलाकी आमालाई दिए मार्ने धम्की

कञ्चनपुर, २८ पुस । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तले न्याय नपाएकाे भन्दै देशविदेशमा अावाज उठिरहेका बेला उनकाे परिवारमै भने विवाद परेकाे छ । साथै निर्मलाका बाबु यज्ञराज पन्तले निर्मलाकी अामा दुर्गादेवी पन्तमाथि कुटपिट समेत गरेकाे खुलासा भएकाे छ ।

परिक्षाण गरिएकाे निर्मलाकाे डिएनए पुन: जाँच गराउन रगतकाे नमूना दिएपछि निर्मलाकी अामालार्इ उनका बाबुले कुटपिट गरेका हुन् । निर्मलाको शरीरबाट लिइएको भेजाइनल स्वाब वास्तविक भए/नभएको शंका उठेपछि यकिन गर्न प्रहरीले उनका अामावुवाकाे रगतकाे नमूना लिन खाेजेकाे थियाे । तर निर्मलाका बुवाले भने रगत दिन मानेका थिएनन । उनले श्रीमती दुर्गादेवीलार्इ पनि रगत नदिन दवाव दिँदै अाएका थिए । यज्ञराजकाे चेतावनीका बाबजुत पनि निर्मलाकी अामाले प्रहरीलार्इ रगत दिएपछि उनले कुटपिट नै गरेकाे खुलासा भएकाे छ ।

त्यसैगरी प्रदेश र केन्द्र सरकारले निर्मलाका परिवारलार्इ दिएकाे राहतबारे पनि परिवारमा झगडा बढेकाे छ । निर्मलाकी आमा दुर्गादेवी राहत बुझ्ने साेचमा छन भने उनका बाबु राहत नबुझ्ने बताउँदै अाएका छन् । राहत बुझेपछि त्यसकाे बाँडफाँड कसरी गर्ने भन्नेबारे पनि परिवारमा कुरा नमिलेकाे बुझिएकाे छ ।

निर्मलाका बुवा यज्ञराजले अामा दुर्गादेवीलार्इ रगत किन दिएको भन्दै बिहीबार बिहान हातपात नै गरेकाे थाहा भएकाे छ । श्रीमानले अाफूलार्इ घाँटी च्यापेर मारिदिने धम्कीसमेत दिएको दुर्गादेवीले बताएकी छन । दुर्गादेवीले एक कार्यक्रममा भनिन ‘मलाई नसोधी डीएनए चेक गर्न किन रगत दिएको भन्दै हातपात गरे,’ बिहीबार महिला अधिकारकर्मीसँगको छलफलमा दुर्गादेवीले भनिन्, ‘अहिले राहत पनि बुझ्न पाइँदैन भन्दै घरभित्रका भाँडाकुँडा सबै फोडिदिए ।’

दुर्गादेवीले जिल्ला प्रहरी कार्यालयमै निवेदन दिएर वास्तविकता पत्ता लगाउन नमुना संकलनको माग गरेकी थिइन् । सोही दिन उनले राहत पनि बुझ्ने बताएकी थिइन् । प्रहरीले यज्ञराजसँग पनि नमुनाका लागि आग्रह गरेको थियो । तर उनले रगत दिन अस्वीकार गरेपछि दुर्गादेवीले एक्लै रगतको नमुना दिएकी हुन् ।

बिहीबार बिहानै घरमा पुगेर यज्ञराजले कुटपिटसँगै राहत बुझ्न नपाइने बताएको उनले बताइन् । निर्मला घटनापछि भीमदत्त नगरपालिकाले ३ लाख, सुदूरपश्चिम प्रदेशले ५ लाख र संघीय सरकारले १० लाख राहत दिने घोषणा गरेका थिए । पीडित परिवारले न्याय नपाएसम्म उक्त राहत नबुझ्ने अडान लिँदै आएका थिए ।

निर्मलाकी कान्छी आमा लक्ष्मीले फागुनसम्म राहत नबुझ्न भन्दै श्रीमानले आग्रह गरेको बताइन् । उनले निर्मलाको न्यायका लागि २ महिनादेखि धर्ना जारी रहेकै बेला डा. गोविन्द केसीले पनि अनशन सुरु गरेकाले तत्काल राहत बुझे ठीक नहुने बताइन् । ‘फागुनसम्म केही न केही निकास आउँछ भन्ने हाम्रो आशा हो,’ लक्ष्मीले भनिन्, ‘त्यतिबेलासम्म केही नभए त्यसपछि बुझौंला ।’

दुर्गादेवीले पनि आफूमाथि आक्रमण नभए फागुनमै राहत बुझ्न तयार रहेको बताइन् । उनले रगत दिएको भन्दै यातना दिने काम भएकाले अब त्यस्तो हुन नहुने बताइन् । यज्ञराजले आँगनमै झुन्डिएर आत्महत्या गर्ने धम्कीसमेत दिएको उनले बताइन् । स्थानीयका अनुसार दुर्गादेवी र लक्ष्मीबीच राहत रकम बाँडफाँटका विषयमा पनि मतभेद बढदै गएको देखिन्छ ।

Loading...