लिटिल बुद्धका कर्तुत नजिक प्रहरी, बम्जनको आश्रमबाट समातिएका दुर्इ जना को हुन् ?

सिन्धुली, २६ पुस । लिटिल बुद्ध दाबी गर्ने रामबहादुर बम्जनको सिन्धुलीस्थित आश्रमबाट दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

बम्जन आश्रमबाट बेपत्ता भएका भनिएका व्यक्तिहरुको खोजीका क्रममा सिन्धुली प्रहरीले सोधपुछका लागि भन्दै कमलामाई नगरपालिका ८ पैरेस्थित आश्रमबाट उनीहरुलाई पक्राउ गरेको हो। प्रहरीले वम्जनमाथि लागेका अाराेप प्रमाणित गर्ने धेरै प्रमाण फेला पारेकाे बताइएकाे छ । यसअघि प्रहरीले सिन्धुपाल्चाेककाे बाँडेगाउँमा फरेन्सिक विज्ञहरुकाे टाेली नै लगेर वेपत्ता पारिएका मान्छे गाडिएकाे भनिएकाे ठाउँमा उत्खनन समेत गरेकाे थियाे । 

आश्रमका महात्मा गुरु भनिने सर्लाहीका गोपाल योञ्जन र मकवानपुरका इन्द्रबहादुर स्याङतानलाई जिल्ला प्रहरी कार्यालयको टोलिले पक्राउ गरेको बोधि श्रवण धर्म संघका केन्द्रिय सदस्य छत्र घिसिङले जानकारी दिए।

‘केही सोधपुछका लागि भन्दै प्रहरीले नियन्त्रणमा लिएर गएको हो,’ जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी रामेश्वरप्रसाद यादवले भने ‘हामीले केही सोधपुछका लागि मात्रै ल्याएका हौ ।’ उनीहरुलाई सामान्य सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरीले पुष्टि गरेको भए पनि विस्तृत विवरण प्रहरीले खुलाएका छैन। 

सिन्धुलीस्थित बम्जन आश्रममा सिन्धुपाल्चोकका जिल्ला प्रहरी कार्यालयका डिएसपी विमल कडेलको नेतृत्वको टोलिले बुधबारदेखि अनुसन्धान गरिरहेको छ।

Loading...