पलाता अग्निपिडितलाई मदिरा व्यवसायी संघको ५५ हजार आर्थिक सहयोग

काठमाडाैं । मदिरा व्यवसायी संघ काठमाडौद्धारा पलाता अग्निपिडितलाई ५५ हजार आर्थिक सहयोग मदिरा व्यवसायी संघ काठमाडौले कालिकोटको पलाताका अग्निपिडितका लागि ५५ हजार आर्थिक सहयोग गरेको छ ।

कालिकोटको रास्कोट नगरपालिका घर भइ काठमाडौमा व्यवसाय गर्दैआएका संघका उपाध्यक्ष गोबिन्द बरालको पहलमा अध्यक्ष सोनाम शेर्पा लगायत कार्यसमितिका सदस्यहरुबाट संकलित रकम पलाता गाँउपालिका वडा नं. १ खाडागाँउका आगलागी पिडितका लागि सहयोग गरिएको हो ।

सोनाम शेर्पा, गोबिन्द बराल, रुपक अर्याल, ओम श्याम, नैनराज सैजु, सुशील खड्का, प्रकाश अर्याल, हरि दाहाल, राजन केसी, प्रकाश नेपाली र रबि जोसिबाट जनही ५ हजारका दरले संकलित रकम आगलागी पिडितका लागि राहत स्वरुप प्रदान गरिएको उपाध्यक्ष बरालले जानकारी दिए । व्यवसायीहरुबाट संकलित रकम कालिकोटका युवा अभियान्तालाई हस्तान्तरण गरिएको छ ।

पौष ९ गते मध्यराति कालिकोटको खाडामा आगलागी भएपछि सोही दिनबाटै राजधानीमा बसोबास गर्ने कालिकोटका युवाहरु राहत संकलन अभियानमा जुटेका थिए । क्रान्तिकारी पत्रकार संगठन नेपालका केन्द्रीय सदस्य उमाकान्त युके, अखिल(क्रान्तिकारी) का केन्द्रिय सदस्य तिलक उपाध्याय, युवा संघ नेपालका केन्द्रीय सदस्य मेघराज शाही, अनेमसंघका केन्द्रीय सदस्य यसुदा बराल लगायत युवाहरुको अगुवाईमा काठमाडौमा संकलित २४ बोरा लत्ताकपडा कालिकोटको पलाता पुगेर गाउँपालिका अध्यक्ष लक्ष्मण बमलाई हस्तान्तरण गरिएको थियो ।

पलाता आगलागी पिडितका लागि विभिन्न संघसंस्था र व्यक्तिहरुले राहत तथा सहयोग प्रदान गरिरहेका छन् ।

Loading...