ए डिभिजन लिग फुटबलको समापनमा अन्तिम दुई खेल मात्र

काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबलको यो सिजनको समापन मंगलबार हुँदैछ । मंगलबार लिगको १३ औँ चरणमा अन्तिम दुई खेल हुँदैछन् ।

दिउँसो दुईबजेपछि हुने खेलमा न्युरोड टिम (एनआरटीले ब्रिगेड ब्वाइज तथा मनाङ्ग मर्स्याङ्दी क्लबले फ्रेन्ड्स क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

सशस्त्र प्रहरीको मैदानमा हुने खेलमा पुछारको टोली एनआरटीसँग ११ औँ स्थानको ब्रिगेट ब्वाइजले प्रतिस्पर्धा गर्नेछ । एनआरटीको ६ तथा ब्रिगेड ब्वाइजको ९ अंक छ ।

दिउँसो दुई बजे नै ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा उपाधि विजेता मनाङ्गले फ्रेन्ड्स क्लबको सामना गर्नेछ । यो खेल पनि जितेमा मनाङ्ग लिगका सबै खेलमा विजयी हुनेछ । उसले अहिलेसम्मका सबै १२ खेल जितेको छ । १२ औँ स्थानको फ्रेन्ड्स क्लबको ९ अंक छ ।

खेलपछि मंगलबार नै लिगको यो सिजनको औपचारिक समापन हुनेछ । यो सिजन लिगको विजेता मनाङ्ग तथा उपविजेता संकटा क्लब बनेका छन् ।

Loading...