ललितपुरमा प्लास्टिक झोला निषेध गर्दै ,श्रोतमानै फोहर न्यूनीकरण सचेतना अभियान थाल्दै

    

 

ललितपुर महानगरपालिका अन्तर्गत ३ नम्बर वडा क्षेत्रमा सोमवार बाट फोहरमैला सचेतना अभियान संचालन हुने भएको छ । जस अन्तर्गत फोहर न्यूनीकरण समिति बाट दैनिक निष्कासन हुने फोहरलाइ कुहिने नकुहिने छुट्याई सम्भव भएका फोहर घरैमा ब्यबस्थित गरि कम्पोस्ट मल तयार पर्ने , बातावारनामा प्रतिकुल असर गर्ने प्लाष्टिक झोलाको प्रयोगलाई पूर्णरुपमा बन्द गरिने सो वडाले शनिबार आयोजित पत्रकार सम्मेलन जानकारी दिएको छ ।

१८०० घर धुरु रहेको सो वडा ब्यबस्थित फोहर मुक्त क्षेत्र बनाउने उदेश्यले ‘ आ आफ्नो घर आगन आफै सफा राखौ ’भन्ने नारा दिदै सोमवार ललितपुर क्षेत्र न. ३ का सांसद पम्फा भुषाल बाट उक्त सचेतना कार्यक्रम अभियानको सुभारम्भ गरिने भएको छ । ललितपुर महानगरपालिका ३वडा भित्र २५ वटा सामाजिक संघ संस्थाको एेक्यबद्दतामा प्रत्यक घर घरबाट निस्कासित हुने फोहरा लाई बर्गिकरण गरि छुट्याउन बाल्टिन तथा अन्य सामग्रीहरु वडा कार्यालयले उपलव्ध गरिने बताइएको छ ।

Loading...