महिला भलिबल प्रतियोगिता काठमाडौको नैकापमा हुँदै

काठमाडाैं, २१ पुस । काठमाडौंको नैकापमा ‘खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिता’ आयोजना हुने भएको छ । न्यू डाईमण्ड स्पोर्टस् क्लवले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यही २५ पुसदेखि २८ गतेसम्म महिला भलिवल प्रतियाेगिता अायाेजना हुन लागेकाे जानकारी दिएकाे हाे ।

न्यू डाईमण्ड एकेडेमीको कोर्टमा आयोजना हुने प्रतियोगितामा ८ वटा टोलीको सहभागिता रहने प्रतियोगिता संयोजक कुमार राईले बताए । प्रतियोगितामा सहभागी हुने टोलीहरुमा न्यू डाईमण्ड एकेडेमी, नेपाल एपीएफ क्लव, त्रिभुवन आर्मी क्लव, टप्स मावि पोखरा, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र, चितवन टाइग्रेस, पारामाउण्ट स्कुल कुलेश्वर र नेपाल पुलिस क्लव रहेका छन ।

प्रतियोगितामा सहभागी हुने काठमाडौं उपत्यका बाहिरका टोलीलाई आयोजक संस्थाले खाना र बस्नको प्रबन्ध गर्नेछ । प्रतियोगिताको बिजेताले नगद तीन लाख एक हजार रुपैयाँसहित सिल्ड, मेडल र प्रमाण पत्र पाउनेछन । उपविजेतालाई दुई लाख एक हजार नगदसहित सिल्ड मेडल र प्रमाण पत्र प्रदान गरिने पनि प्रतियोगिताका संयोजक राईले बताए । त्यसैगरी प्रतियोगितामा तृतीय हुनेलाई नगद एक लाख एक हजारसहित सिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ भने चौथो हुनेलाई ५१ हजार नगदसहित प्रमाण पत्र प्रदान गरिनेछ ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई नगद १५ हजार पुरस्कार दिने व्यवस्था पनि गरिएको आयोजक संस्था न्यू डाईमण्ड स्पोर्टस् क्लवले जनाएको छ ।

Loading...