प्रधान्यायाधिश जबराले नियुक्त भएलगत्तै संविधान विपरित जोशीलार्इ जिम्मेबारीबाट हटाए

काठमाडौँ, २० पुस । राजनीतिक अस्थिरताका बारेमा प्रश्न उठिरहँदा न्यायालय पनि विवादमा पर्दै गएकाे छ । खिलराज रेग्मीलार्इ मन्त्रिपरिषद जिम्मा लगाइएसँगै न्यायालयमा राजनीतिक हस्तक्षेप बढेकाे बताइन्छ । यसैक्रममा सर्वाेच्चले पहिलाे पटक अाफै दीर्घकालीन राजनीतिक तथा संवैधानिक महत्वकाे निर्णय गरेकाे छ । त्याे पनि सर्वाेच्चकै एक अर्का न्यायाधिशकाे मन भाँचेर ।

प्रधानन्यायाधिशमा नियुक्त भएलगत्तै नयाँ चालेन्द्र शमशेर जबराले यस्तै निर्णय गरेका छन् । उनले पदभार सम्हालेकाे एक दिनमै प्रधानन्यायाधिशकाे अध्यक्षतामा रहने न्यायपरिषदमा यस्ताे निर्णय गरेका हुन् । प्रन्या जबराले सर्वाेच्चमा अाफूभन्दा बरिष्ठ रहेका अर्का न्यायाधिश दीपकराज जाेशीलार्इ न्यायपरिषदबाट निष्काशन गरेका छन् । सर्वाेच्चमा जबराभन्दा जाेशी बरिष्ठ हुन । तर, जाेशी शैक्षिक प्रमाणपत्रसहित थुप्रै विवादमा तानिएपछि प्रधानन्यायाधिशमा सिफारिस भएर पनि अनुमाेदन भएका थिएनन् । तिनै न्यायाधिश जाेशीलार्इ उनीभन्दा कनिष्ठ जबराले प्रन्या भएकै भाेलिपल्ट निष्काशन गरेका हुन् ।

नवनियुक्त प्रन्या जबराले जाेशीलार्इ न्यायपरिषदकाे सदस्यबाट मात्र हटाएका छैनन सर्वाेच्चकाे संवैधानिक इजलासबाट पनि हटाएका छन् । संवैधानिक इजलासमा सर्वाेच्चका वरिष्ठतम पाँच न्यायाधीशहरु हुन्छन । त्यस्तै जोशीलाई मेलमिलाप परिषद्को अध्यक्ष पदबाट पनि जबराले हटाएका छन् । जोशीलाई हटाएर जबराले उक्त ठाउँमा अर्का न्यायाधिश ईश्वरप्रसाद खतिवडालाई ल्याएका छन् ।

प्रन्या जबराले जाेशीलार्इ उनकाे उपस्थिति विनै उनलार्इ हटाउने निर्णय गरेका हुन् । हटाउनुअघिसम्म उनी न्यायपरिषदकाे सदस्य थिए । उनी सर्वाेच्चका वरिष्ठ न्यायाधिशकाे रुपमा न्यायपरिषदमा सदस्य थिए । प्रन्या जबराले लिएकाे याे निर्णय दीर्घकालीन राजनीतिक तथा संवैधानिक महत्वको निर्णयका रुपमा लिइएकाे छ । संविधानको धारा १२९ (६) अनुसार वरिष्ठतम न्यायाधीश न्याय परिषद्को पदेन सदस्य हुने गर्छ ।

प्रन्या जबराले कानुनमन्त्री सहितको उपस्थितिमा याे निर्णय गरेकाे बताइएकाे छ । प्रन्या जबराले गरेकाे याे निर्णय संविधान र संवैधानिक प्रचलन विपरित भएकाे बताएका छन् । संविधानविद्हरुका अनुसार न्याय परिषदमा वरिष्ठतम न्यायाधीशको संलग्नता संवैधानिक बाध्यता हो । त्यो न्यायपरिषदको अध्यक्षको तजबिजी चाहनाबाट निर्देशित हुन नसक्ने उनीहरुकाे भनार्इ छ ।

त्यसैगरी जबराले जाेशीलार्इ सर्वाेच्चकाे संवैधानिक इजलासबाट हटाएपछि उक्त इजलासमा अब प्रधान न्यायाधीश राणा वाहेक न्यायाधीशहरु दीपकुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्की रहनेछन्।

Loading...