सतुंगलको कपडा र कपास कारखानामा भीषण आगलागी, यस्तो छ कारण

काठमाडौं, २० पुस । काठमाडौंको सतुंगलस्थित एउटा कपडा तथा कपास गोदाममा भीषण आगलागी भएको छ। सिप्रदी ट्रेङिङ अगाडि रहेको चन्दा कुमार साहको कपडा तथा कपास कारखानामा आगलागी भएको हो। अागलागीबाट कारखाना नजिकै रहेकाे एक अाल्मुनियम पसल पनि जलेकाे छ । 

काठमाडौं महानगरीय प्रहरी परिसरका डिएसपी होविन्द्र बोगटीले बिहीबार साँझ सवा ७ बजेतिर सुरु भएको आगलागी शुक्रबार बिहान साढे ३ बजेतिर मात्र नियन्त्रणमा आएको जानकारी दिए।

उनले अझै पनि क्षतिको विवरण संकलन गर्ने अवस्था नरहेकाे बताए । प्रहरी टाेली घटनास्थलमा खटिरहेकाे बताउँदै उनले क्षतिकाे विवरण स‌कलन भएपछि मात्र भन्न सकिने बताए ।

साेही कारखाना नजिकै गोदामनजिकै आल्मुनियम फ्याक्ट्री पनि जलेको प्रहरीले जनाएको छ। ठूलो क्षतिको आँकलन गरिएको छ। मानवीय क्षति भने नभएकाे जनाइएकाे छ।

आगलागी नियन्त्रणका लागि आठवटा दमकल र केही पानी ट्याङ्कर प्रयाेग गरिएकाे थियाे । साथै  १ सय ५० नेपाल प्रहरी, ६० जना सैनिक टाेली, ६० जना सशस्त्र प्रहरीकाे टाेली र ठूलाे संख्यामा स्थानीय बासिन्दा खटिएका थिए।

विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक जानकारी आए पनि अनुसन्धान भइरहेको डिएसपी बाेगटीले बताए।

Loading...