भारतमा दुई करोड चोरेर फरार भएका कालिकोटका शाही कोहलपुरमा पक्राउ

नेपालगञ्ज, १६ पुस । भारतकाे हैदराबादकाे एक दुकानबाट दुर्इ कराेड भन्दा बढी चाेरी गरेर नेपाल अाएका एक जना पक्राउ परेका छन् । कालिकाेट घर भएका एक व्यक्तिलार्इ इलाका प्रहरी कार्यालय काेहलपुरले पक्राउ गरेकाे हाे ।

पक्राउ पर्ने कालिकाेटका कमल शाही हुन । शाहीकाे टाेलीले हैदराबादमा गरगहना र नगद गरी दुर्इ कराेडभन्दा बढी चाेरी गरेकाे बताइएकाे छ । उनकाे टाेली चाेरी गरेर नेपाल पसेकाे जानकारी भारतीय प्रहरीले नेपाल प्रहरीलार्इ गराएकाे र साेही सूचनाका अाधारमा खाेज्ने क्रममा उनलार्इ काेहलपुरमा पक्राउ गरिएकाे इलाका प्रहरी कार्यालय काेहलपुरका डिएसपी रमेशबहादुर सिंहले जानकारी दिए । शाहीले अहिलेसम्म चाेरीमा अरु काे काे सम्लग्न थिए भन्ने बताएका छैनन । साथै उनीबाट प्रहरीले चाेरीका सामान पनि फेला पार्न सकेकाे छैन । प्रहरीले चाेरीमा सम्लग्न अरुहरुकाे खाेजि गरिरहेकाे जनाएकाे छ ।

चाेरी गरेर भागेका शाही पक्राउ परेको सूचना पाएलगत्तै हैदरावादबाट मालिक र भारतीय प्रहरी कोहलपुरमा आएका थिए । उनीहरुले पनि शाहीसँग सोधपुछ गरेकाे बुझिएकाे छ । याे घटनाकाे अध्ययनकाे लागि नेपाल प्रहरीले अपराध अनुसन्धान ब्यूरोबाट प्रहरी निरीक्षकलाई घटनाको अनुसन्धान गर्न खटाइएको छ ।

प्रहरीले शाहीको बैंक खातामा चार लाख भारु भेटाएकाे छ । यसअघि साेही क्षेत्रकै केही युवाले भारतकाे उत्तराखण्डबाट पुरानो मूर्तिहरु चोरेर आउदा बाँकेमै पक्राउ परेका थिए ।

Loading...