निर्मला हत्यालार्इ रहस्यमय बनाएको कन्चनपुर प्रहरीले पत्रकारलार्इ दियो शौचालयमा थुनेर मार्ने धम्की

काठमाडाैं, १४ पुस । निर्मला पन्तकाे हत्या सम्बन्धि प्रमाणहरु क्रमश: लुकाएर घटनालार्इ रहस्यमय बनाएकाे कन्चनपुर प्रहरीले एक पत्रकारलार्इ दुर्व्यवहार गरेकाे खुलेकाे छ । प्रहरीले नेपाल टेलिभिजनमा कार्यरत पत्रकार पदमराज बाेहाेरालार्इ दुर्व्यवहार गरेकाे हाे ।

महेन्द्रनगर नगर विकास समितिको जमिन प्रकरणको समाचार संकलनका क्रममा होटल ओपेरा नजिक पुगेका पत्रकार बाेहाेराकाेे परिचय पत्र च्यातेर फाल्नुका साथै दुर्व्ववहार गरेकाे छ । साथै प्रहरीले उनकाे क्यामेरा समेत फुटाइदिएको छ ।

यसैबीच नेपाल पत्रकार महासंघ कञ्चनपुरले पत्रकार बोहरामाथि प्रहरीले गरेकाे दुर्ब्यवहारप्रति कडा निन्दा गरेकाे छ । उनलाई प्रहरीले हिरासतमा लिइ शौचालयमा थुनेर ज्यान मार्ने धम्की समेत दिएकाे भन्दै महासंघ कन्चनपुर शाखाले आपत्ति जनाएको छ। साथै महासंघले घटनाको छानविन गर्न र दोषी प्रहरीमाथि कारबाही गर्न पनि माग गरेको छ।

नेपाल पत्रकार महासंघ कन्चनपुर शाखाका सचिव अमरबहादुर चन्दले जारी गरेको विज्ञप्तिमा दोषी प्रहरी उपर कारवाही नगरिए महासंघ आन्दोलनमा उत्रने चेतावनी दिइएको छ।

 

Loading...